चर्चित मिडियाकर्मि रवि लामिछाने काठमाडौ ४ बाट उठ्ने, सबै जना उत्साहित!

काठमाडौं: आसन्न संसदीय चुनाव लड्न नाम चलेका र जनताको सेवामा बर्षौदेखि खटिएकाहरु स्वतन्त्र उम्मेदवारी घोषणा गर्न थालेका छन् ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले शानदार जित हासिल गरेसँगै थुप्रै जल्दाबल्दा युवाहरू यसै वर्ष हुने प्रतिनिधिसभाको चुनाव लड्न जुर्मुराएका हुन् ।

केहीले स्वतन्त्र उम्मेदवारीको घोषणा पनि गरिसके । यही मेलोमा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने पनि काठमाडौंमा चुनाव भिड्न आँटेको चर्चा व्याप्त भइरहेको छ । उनले ग्यालेक्सी टिभी छोडेर चुनावमा होमिन लागेको भन्ने समाचारले तहल्का मच्चाएपछि लामिछानेले बल्ल मुख खोलेका छन् ।

उनले आफू संसदीय चुनावमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको तर निस्कर्षमा नपुगेको बताए । विभिन्न पक्षबाट आफूलाई यस्तो आग्रह गरिएको भन्दै उनले केही दिनमा टुंगो लगाउने जानकारी दिए ।

‘अहिले लड्छु वा लड्दिन भनेर निधो गरिसकेको छैन,’ लामिछानेले भने, ‘यति ठूलो डिसिजन गरेँ भने पहिले त म आफैं लेखिहाल्छु नि । अहिले आएका समाचार आधिकारिक होइनन् ।’
‘प्रस्तावहरू त आइरहेका छन् । कतिपय ठूला पार्टीकै नेताहरूले पनि अनौपचारिकरूपमा कुरा गर्नुभएको छ । तर, मैले चाहिँ निर्णय लिइसकेको अवस्था होइन । अहिले छलफल गरिरहेको छु,’ उनले भने ।

संसदीय चुनावको मिति घोषणा भइनसक्दै काठमाडौंमा थुप्रैले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । विवेकशीलका पूर्वनेता पुकार बम, भाइरलम्यान मुकुन्द घिमिरे, विवेकशीलकै पूर्वनेतृ रञ्जु दर्शना, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई, सम्पदाविद सुमन सायमी लगायतले काठमाडौंमा स्वतन्त्र उम्मेवारी दिने बताएका छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago