अबको काठमाडौ महानगरपालीकामा को बन्लात मेयर

काठमाडौं: स्थानीय तहको निर्वाचन नजिकिँदै छ। राजनीतिक दलहरू आफ्ना उम्मेदवार तय गर्न जोडतोडले लागिपरेका छन्। केही राजनीतिक दलले निश्चित ठाउँमा उम्मेदवार चयन गरिसकेका छन् भने केही राजनीतिक दलहरू तयारीमा छन् ।

विशेषतः ठूला राजनीतिक दलहरू आफ्ना उम्मेदवार तय गर्नका लागि अहिलेसम्म छलफलमै छन्। केन्द्रमा पाँच दलीय सत्तागठबन्धले सोमबार मात्रै गठबन्धन एक भएर जाने निर्णय गर्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न अपिल गरेको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अहिलेसम्म केही स्थानमा बाहेक उम्मेदवार तय गरिसकेको छैन। अबको १/२ दिनमै उम्मेदवार तय गरिसक्ने उनीहरूको तयारी छ।

यसै सन्दर्भमा संघीय राजधानी रहेको काठमाडौँ महानगरको मेयर अब को बन्ला भनेर सबैको चासोको विषय छ। संघीय राजधानी रहेको हिसाबले काठमाडौँ महानगरमा सबैको चासो पनि छ । यसहिसाबले अबको मेयरमा कसले बाजी मार्ला भन्ने सबैको चासो हुनु स्वभाविक हाे।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, अभिनेता, मोडल, पूर्व डिआइजी समेतको नाम चर्चामा आएको छ। उम्मेदवारका रुपमा साना दल तथा स्वतन्त्र उम्मेदवारको चर्चा भएपनि निर्वाचनमा मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन र एमालेबीचमै हुने देखिन्छ।

एमालेबाट विद्यासुन्दर र केशव स्थापित चर्चामा
प्रमुख प्रतिक्षी दल नेकपा एमालेले कसलाई मेयरको टिकट देला भन्ने विषय पनि प्रमुख चासोको विषय छ। गएको स्थानीय तहको निर्वाचनमा ४० प्रतिशतभन्दा बढी स्थान जितेर पहिलो दल बनेको एमालेले संघीय राजधानीमा रहेको महानगरमा कसलाई उम्मेदवार बनाउँदै छ भन्ने सर्बत्र चासो छ। यसअघिको निर्वाचन जितेको तथा धेरै मतदाता भएको महानगर भएका हिसाबले पनि यो निर्वाचन जित्नैपर्ने एमालेलाई दबाब छ। त्यस आधारमा पनि अब कसलाई टिकट दिन्छ भन्ने कुरा प्रमुख चासोको विषय बनेको हाे।

उम्मेदवार तय गरिनसकेको भएपनि १/२ दिनमै टुङ्ग्याउने एमालेको तयारी छ। अहिलेसम्म मेयरका लागि हालका मेयर विद्यासुन्दर शाक्यले पनि चासो देखाएका छन्। पार्टीले टिकट दिएमा पुनः मेयर पदमा उम्मेदवारी दिने मेयर निकट स्रोतले बताउँदै आएको छ।

त्यस्तै यसअघि काठमाडौँका मेयर भइसकेका हाल बागमती प्रदेश सभा सांसद केशव स्थापितले पनि मेयरका लागि दाबी गर्दै आएका छन्। एमालेले यसअघि नै पार्टीले निर्णय नगर्दासम्म आफ्नो उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएकाले कसैले पनि सार्वजनिक रुपमा घोषणा गरिसकेका छैनन् । तर आन्तरिकरुपमा पार्टी च्यानलमा भने आफ्नो आकांक्षा राखिसकेका छन् ।

बागमती प्रदेशसभाका सांसद् एमाले नेता राजेश शाक्यले हालका मेयर विद्यासुन्दर शाक्य र पूर्वमेयर केशव स्थापितले दाबी गर्दै आएको बताए। सोमबार वडाका उम्मेदवार तय गर्ने तयारी रहेकाले १/२ दिनमै मेयरको उम्मेदवारका विषयमा पनि निर्णय हुने शाक्यले बताए। ‘मेयरका विषयमा अहिलेसम्म केही तय भइसकेको छैन । पार्टीले निर्णय गर्न बाँकी छ’, शाक्यले भने, ‘आज वडाका उम्मेदवारको विषयका छलफल हुँदैछ । वडाका तय भइसकेपछि मेयरको विषयमा छलफल अगाडि बढ्छ। अहिलेसम्म अहिलेका मेयर विद्यासुन्दर शाक्य र केशव स्थापितले आकाँक्षा देखाउनुभएको छ।’ अहिलेकै मेयरलाई दोहोर्‍याउने वा अर्कोलाई उम्मेदवार बनाउने विषयमा विगतका कामकारबाही तथा अहिलेको सम्भावनालाई हेरेर मात्र तय गर्ने एमालेको तयारी छ।

कांग्रेसबाट उपमेयरसहित धेरै आकांक्षी
सत्तारुढ दल नेपाली कांग्रेसले आफूसहित अन्य चार दलसँग गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिने तयारी गरेको छ। सत्तारुढ दल त्यसमाथि गएको निर्वाचनमा उपमेयर जितेको हिसाबले पनि अबको मेयरमा कांग्रेसबाट धेरै आकांक्षी देखिएका छन्। सत्ता गठबन्धनले सोमबार मात्र गठबन्धन गरेर निर्वाचन लड्ने र गठबन्धनका उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ। अब उम्मेदवार चयनको कार्यमा अगाडी बढ्ने गठबन्धनको तयारी छ।

यस हिसाबले मनोनयन दर्ता गर्ने समय पनि नजिकिएको हिसाबले अबको केही दिनमै उम्मेदवार तय गर्ने देखिन्छ। काठमाडौँ महानगरपालिकाको मेयरका निम्ती कांग्रेसबाट हालका उपमेयर हरिप्रभा खड्गीले दाबी गरेकी छन् । त्यसैगरि कांग्रेसको काठमाडौँ महानगर कमिटीका सचिव सुसन वैद्यले पनि दाबी गरेका छन्। मेयरको उम्मेदवारका लागि कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहले पनि दाबी गर्दै आएकी छन् । सिंहलाई मेयरको उम्मेदवार बनाउनका निम्ती कांग्रेसको भगिनी संगठन नेपाल महिला संघ काठमाडौंले निर्णय नै गरिसकेको छ। त्यसो त यस विषयमा पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने देखिएको छ। सबैको चासो भएको महानगरपालिका भएको हिसाबले जित्ने हिसाबले उम्मेदवार छनौट गर्ने कांग्रेसको तयारी छ।

विवेकशीलबाट समीक्षा बाँस्कोटा
वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ महानगरका मेयरका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ। मुलुकको धेरै मतदाता रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि विवेकशील साझा पार्टीले महिला उम्मेदवार अगाडि सारेको छ। सोमबार बसेको विवेकशील साझा पार्टीको बैठकले काठमाडौँको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कृति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मेयर र उपमेयर दुवैमा महिला उम्मेदवार बनाउने निर्णयको चर्चासमेत भएको छ।

स्वतन्त्रबाट पनि उम्मेदवारै उम्मेदवार
काठमाडौँ महानगरपालिकाको मेयरका लागि स्वतन्त्र व्यक्तिहरूले पनि उम्मेदवारी दिने घोषणा गर्दै आएका छन्। कलाकारदेखि मोडलहरूले मेयरका लागि उम्मेदवारी दिने बताउँदै आएका छन् । जसका निम्ती इञ्जिनियर तथा र्‍यापर बालेन शाहले चुनावको मिति घोषणाअघि नै काठमाडौँको मेयरमा उठ्ने भन्दै प्रचारप्रसार थालेका छन्। शाहले आफ्नो भिजनसमेत प्रस्तुत गरेर प्रचारप्रसार गर्दै आएका छन् ।

पूर्व मिस नेवाः सुनिता डंगोलले पनि मेयरका लागि उम्मेदवारी घोषणा गरेकी छन् । उनले औपचारिक सार्वजनिक अपिलसमेत गरिसकेकी छन् । मेयरका लागि पूर्वडीआइजी रमेश खरेलको पनि नाम चर्चामा छ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमा एमाले र राप्रपाले चुनावी गठबन्धन गरेका थिए। अन्य दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र एकलरूपमा चुनावी प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनबाट प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य र उपप्रमुखमा कांग्रेसका हरिप्रभा खड्गी विजयी भएका थिए। त्यतिबेला काठमाडौँ महानगरमा २ लाख ७९ हजार ३९ मतदाता थिए भने अहिले बृद्धि भएर ३ लाख २ सय ४२ मतदाता पुगेका छन्। गएको ५ वर्षमा काठमाडौँ महानगरमा २० हजार ९ सय ३३ नयाँ मतदाता थपिएका छन् ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago