पाकिस्तानको प्रधानमन्त्री बनेका शेहबाज को हुन् ?

एजेन्सी: सत्तरी वर्षीय शेहबाज शरिफ तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । उनी पाकिस्तान पञ्जाबका तीनपटक मुख्यमन्त्री भइसकेका छन् । सन् १९९७, २००८ र २०१३ मा गरी शेहबाज पञ्जाबमा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका थिए ।
सम्पन्न शरिफ कुलका शेहबाज उनको ‘क्यान–डु’ प्रशासनिक शैलीबाट चिरपरिचित छन् । पञ्जाब प्रान्तको मुख्यमन्त्री हुँदा बेइजिङले सहयोग गरेको परियोजनामा चीनसँग निकट रहेर काम गर्दा उनको यो शैली देखिएको थियो ।
उनी लाहोरको औद्योगिक परिवारमा जम्मिएका हुन् । उनले त्यही शिक्षा हासिल गरे । त्यसपछि उनी पारिवारिक र संयुक्त लगानी रहेको एउटा पाकिस्तानी स्टिल कम्पनीमा प्रवेश गरे ।

उनी पञ्जाबको राजनीतिमा पनि प्रवेश गरे । राष्ट्रिय राजनीतिक विप्लव हुनअघि सन् १९९७ मा उनी पहिलोपटक पञ्जाबको मुख्यमन्त्री बनेका थिए । सैनिक कूपछि उनलाई जेल हालियो र पछि सन् २००० मा साउदी अरेबियामा निर्वासित भए ।
शेहबाज सन् २००७ मा निर्वासनबाट स्वदेश फर्किए र पञ्जाबको राजनीतिलाई पुनः निरन्तरता दिए ।

सन् २०१७ मा पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)का नेता एवं तत्कालीन प्रधानमन्त्री नवाज शरिफ गैरकानुनी सम्पत्तिको मामिलामा दोषी ठहर भएर पदका लागि अयोग्य भएपछि शेहबाज पीएमएल–एनको प्रमुखको रूपमा राष्ट्रिय राजनीतिमा देखा परे ।
सन् २०१९ मा नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनएबी)ले मुद्रा अपचलनको आरोप लगाउँदै शेहबाज र उनको छोराको २३ सम्पत्तिहरू रोक्का गर्‍यो ।
सन् २०२० सेप्टेम्बर २८ मा एनएबीले शेहबाजलाई लाहोर उच्च अदालतमा पक्राउ गर्‍यो र मुद्रा अपचलनको अभियोग लगायो । उनलाई सुनुवाइका लागि थुनामा राखियो । अप्रिल १४, २०२१ मा लाहोर उच्च अदालतले उनलाई जमानीमा रिहा गर्‍यो ।
विश्लेषकहरू नवाजको विपरीत २२ करोड जनता रहेको राष्ट्रको विदेश र रक्षा नीतिमा परम्परागत रूपमा नियन्त्रण रहेको परमाणु शक्ति सम्पन्न पाकिस्तानी सेनासँग शेहबाजको मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँछन् ।
इमरान खानको प्रधानमन्त्री कार्यकालमा विपक्षी दलका नेता रहेका शेहबाज शरिफले खानलाई पदच्युत गर्न महत्वपूर्ण भूमिका खेले ।
एजेन्सी

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago