दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भर्चुअल वार्ता हुने भएको छ । दुई मुलुकका विदेश र रक्षा मन्त्रीहरूबीच अमेरिकाको वासिङटनमा वार्ता सुरु हुनुअघि यो भर्चुअल वार्ता हुने छ ।
अमेरिका र भारतबीचको आपसी सहयोगलाई अझै बलियो बनाउने उद्देश्यले सन् २०१८ देखि हरेक वर्ष यसरी दुई दुई मन्त्रीबीचको वार्ताको थालनी भएको हो । यो फोरम एसियामा दुई पक्षीय सम्बन्ध र सहयोग सुधार गर्न केन्द्रित रहँदै आएको छ । एसियामा चीनलाई चुनौती दिन भारतलाई सहयोग गर्ने नीतिको रूमा पनि यसलाई हेरिने गरिएको छ ।

त्यसैले पनि अमेरिका र भारतको आपसी चासोका विषयहरूमा कम्तीमा एकै खालका सार्वजनिक विज्ञप्तिहरू बाहिरिने गरेका छन् । तर प्रायशः देखिन यो प्रक्रिया यसपालि युक्रेनमाथि रुसले आक्रमण गर्दा भने फरक देखिएको छ ।
सोमबारको आपसी वार्ताको सम्मुख दिल्लीले जारी गरेको प्रेस विज्ञप्तिमा दुई मुलुकबीच ‘बृहत विश्वव्यापी सामरिक साझेदारी’लाई सदाझैँ सुदृढ बनाउँदै लगिने कुरा उल्लेख गरिएको छ ।

तर वासिङटनको विज्ञप्ति भने फरक रहेको छ । अमेरिकाले आफूले युक्रेनमाथिको रुसको आक्रमणको अस्थिर असरहरू रोक्ने र फेरि पनि मस्कोको पक्षमा कडा अडान नलिन दबाब दिने बताएको छ । फेब्रुअरीमा युद्ध सुरु भए यता भारत र अमेरिकाको युक्रेनमाथिको दृष्टिकोण फरक रहँदै आएको छ । दिल्लीले मस्कोको कार्यको प्रत्यक्ष रूमा आलोचना गरेको छैन ।
बीबीसीबाट ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago