पाकिस्तानको प्रधानमन्त्री बनेका शेहबाज को हुन् ?

एजेन्सी: सत्तरी वर्षीय शेहबाज शरिफ तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । उनी पाकिस्तान पञ्जाबका तीनपटक मुख्यमन्त्री भइसकेका छन् । सन् १९९७, २००८ र २०१३ मा गरी शेहबाज पञ्जाबमा सबैभन्दा लामो समय मुख्यमन्त्री बनेका थिए ।
सम्पन्न शरिफ कुलका शेहबाज उनको ‘क्यान–डु’ प्रशासनिक शैलीबाट चिरपरिचित छन् । पञ्जाब प्रान्तको मुख्यमन्त्री हुँदा बेइजिङले सहयोग गरेको परियोजनामा चीनसँग निकट रहेर काम गर्दा उनको यो शैली देखिएको थियो ।
उनी लाहोरको औद्योगिक परिवारमा जम्मिएका हुन् । उनले त्यही शिक्षा हासिल गरे । त्यसपछि उनी पारिवारिक र संयुक्त लगानी रहेको एउटा पाकिस्तानी स्टिल कम्पनीमा प्रवेश गरे ।

उनी पञ्जाबको राजनीतिमा पनि प्रवेश गरे । राष्ट्रिय राजनीतिक विप्लव हुनअघि सन् १९९७ मा उनी पहिलोपटक पञ्जाबको मुख्यमन्त्री बनेका थिए । सैनिक कूपछि उनलाई जेल हालियो र पछि सन् २००० मा साउदी अरेबियामा निर्वासित भए ।
शेहबाज सन् २००७ मा निर्वासनबाट स्वदेश फर्किए र पञ्जाबको राजनीतिलाई पुनः निरन्तरता दिए ।

सन् २०१७ मा पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)का नेता एवं तत्कालीन प्रधानमन्त्री नवाज शरिफ गैरकानुनी सम्पत्तिको मामिलामा दोषी ठहर भएर पदका लागि अयोग्य भएपछि शेहबाज पीएमएल–एनको प्रमुखको रूपमा राष्ट्रिय राजनीतिमा देखा परे ।
सन् २०१९ मा नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनएबी)ले मुद्रा अपचलनको आरोप लगाउँदै शेहबाज र उनको छोराको २३ सम्पत्तिहरू रोक्का गर्‍यो ।
सन् २०२० सेप्टेम्बर २८ मा एनएबीले शेहबाजलाई लाहोर उच्च अदालतमा पक्राउ गर्‍यो र मुद्रा अपचलनको अभियोग लगायो । उनलाई सुनुवाइका लागि थुनामा राखियो । अप्रिल १४, २०२१ मा लाहोर उच्च अदालतले उनलाई जमानीमा रिहा गर्‍यो ।
विश्लेषकहरू नवाजको विपरीत २२ करोड जनता रहेको राष्ट्रको विदेश र रक्षा नीतिमा परम्परागत रूपमा नियन्त्रण रहेको परमाणु शक्ति सम्पन्न पाकिस्तानी सेनासँग शेहबाजको मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँछन् ।
इमरान खानको प्रधानमन्त्री कार्यकालमा विपक्षी दलका नेता रहेका शेहबाज शरिफले खानलाई पदच्युत गर्न महत्वपूर्ण भूमिका खेले ।
एजेन्सी

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago