दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भर्चुअल वार्ता हुने भएको छ । दुई मुलुकका विदेश र रक्षा मन्त्रीहरूबीच अमेरिकाको वासिङटनमा वार्ता सुरु हुनुअघि यो भर्चुअल वार्ता हुने छ ।
अमेरिका र भारतबीचको आपसी सहयोगलाई अझै बलियो बनाउने उद्देश्यले सन् २०१८ देखि हरेक वर्ष यसरी दुई दुई मन्त्रीबीचको वार्ताको थालनी भएको हो । यो फोरम एसियामा दुई पक्षीय सम्बन्ध र सहयोग सुधार गर्न केन्द्रित रहँदै आएको छ । एसियामा चीनलाई चुनौती दिन भारतलाई सहयोग गर्ने नीतिको रूमा पनि यसलाई हेरिने गरिएको छ ।

त्यसैले पनि अमेरिका र भारतको आपसी चासोका विषयहरूमा कम्तीमा एकै खालका सार्वजनिक विज्ञप्तिहरू बाहिरिने गरेका छन् । तर प्रायशः देखिन यो प्रक्रिया यसपालि युक्रेनमाथि रुसले आक्रमण गर्दा भने फरक देखिएको छ ।
सोमबारको आपसी वार्ताको सम्मुख दिल्लीले जारी गरेको प्रेस विज्ञप्तिमा दुई मुलुकबीच ‘बृहत विश्वव्यापी सामरिक साझेदारी’लाई सदाझैँ सुदृढ बनाउँदै लगिने कुरा उल्लेख गरिएको छ ।

तर वासिङटनको विज्ञप्ति भने फरक रहेको छ । अमेरिकाले आफूले युक्रेनमाथिको रुसको आक्रमणको अस्थिर असरहरू रोक्ने र फेरि पनि मस्कोको पक्षमा कडा अडान नलिन दबाब दिने बताएको छ । फेब्रुअरीमा युद्ध सुरु भए यता भारत र अमेरिकाको युक्रेनमाथिको दृष्टिकोण फरक रहँदै आएको छ । दिल्लीले मस्कोको कार्यको प्रत्यक्ष रूमा आलोचना गरेको छैन ।
बीबीसीबाट ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago