हावाहुरीका कारण लाखौंको क्षति

धनकुटा: धनकुटामा हावाहुरीका कारण ११ घर र तीन वटा कृषि फर्ममा क्षति पुर्‍याउँदा लाखौंको नोक्सान पुगेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार आएको हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङका ११ घरमा क्षति हुँदा १७ लाख १५ हजार क्षति भएको छ। क्षति पुगेका सबै घरका छाना उडाएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए।

यस्तै चौबिसे गाउँपालिकाको मौनाबुधुकमा तीन वटा कृषि फर्ममा क्षति पुगेको छ । घटनास्थलमा सोमबार खटिएका प्रहरी, सशस्त्र प्रहरीको टोलीबाट क्षतिको विवरण प्राप्त भएको बताइएको छ । हावाहुरीका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण जिल्लाको चौबिसे गाउँपालिकास्थित मौनाबुधुकको तल्लो हमेलामा दुई दिनदेखि विद्युत अवरुद्ध भएको छ । तल्लो हमेला क्षेत्रमा प्रशारण हुने विद्युतको पोल भाँचिएका कारण विद्युत पूर्ण अवरुद्ध भएको विद्युत प्राधिकरणले जनाएको छ।

करिब आधा दर्जन पोल भाँचिएकाले मर्मत हुन केही समय लाग्ने प्राधिकरणले जनाएको छ । पोल ढुवानीमा समस्या रहेकोले मर्मत हुन केही दिन लाग्ने प्राधिकरण धनकुटाका कर्मचारी हेमचन्द्र थापाले बताए। हावाहुरीले धनकुटा नगरपालिका ८ को सान्ताङ, टेकुनाला तथा साँगुरीगढीको बुढीमोरङ लगायत स्थानमा समेत पोल भाँचिएर विद्युत अवरुद्ध भएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago