क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङलाई नियमन

काठमाडौं: अर्थमन्त्री जनादर्शन शर्माले क्रिप्टोकरेन्सी, प्रविधिको माध्यमबाट भइरहेको नेटवर्क मार्केटिङ व्यवसाय नियमन बताएका छन् । चालु आर्थिक वर्ष २०७८/७९को अर्धवाषिर्क समीक्षा गर्दै अर्थमन्त्री शर्माले यस्ता अवैध कारोबारले अर्थतन्त्रमा चुनैती थप्ने भएकाले नियमन गरिने बताए ।

‘नयाँ प्रविधिको विकास आफैंमा मानवजातिको लागि महत्वपूर्ण उपलब्धि हो, त्यसका नकारात्मक पक्ष पनि छन्,’ उनले भने,’हाइपर फन्ड, बेटिङ, क्रिप्टोकरेन्सी लगायत विभिन्न प्रविधिको प्रयोगले पुँजी पलायन भइरहेको छ, त्यसबारे अनुसन्धान र नियमन गर्न कमिटी बनाएर काम गरिरहेका छौं ।’

उनले संरचनात्मक सुदृढीकरण नहुँदा बजेट कार्यान्वयनमा समस्या देखा परेको बताए । कतिपय ऐन नियमलाई विकास मैत्री बनाउन सशोधनको प्रक्रिया अघि बढाएको भन्दै उनले सेवालाई डिजिटाइज नगर्दा पनि सरकारी काम ढिलाइ हुने गरेको बताए ।

‘योजना छनोटमै समस्या छ, जनशक्ति कम छ,’ उनले भने,’अर्थ मन्त्रालयका तर्फबाट समन्वय गरिरहेका छौं ।’

खर्च प्रणालीमा गुणात्मक रुपमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै उनले तीन तहका सरकारले कार्यक्रमको डुप्लिकेसन नहुने गरी काम गर्नुर्पो अवस्था पनि रहेको बताए ।

अर्थ सचीव मधुकुमार मरासिनीले प्रणालीमा परिवर्तन नगरेसम्म असारमै ३०-३५ प्रतिशत पुँजीगत खर्च भइरहेको बताए ।

स्थानीय तहको चुनाबमा हुने आर्थिक गतिविधिका कारण आर्थिक वृद्धिमा १ प्रतिशत योगदान पुग्ने उनको आकलन छ ।

‘बजेटमा जुन रकम बिनियोजन गरिएको छ, त्यसमा खर्च नगरी थप रकम माग्ने प्रवृत्ति छ,’ उनले भने,’चुनाव, मल खरिद लगायतका लागि थप स्रोत आवश्यक परेको छ, बाढी पहिरोको क्षतिपूर्तिको माग छ,, यसले बजेटमा चाप परिरहेको छ ।’

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago