क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङलाई नियमन

काठमाडौं: अर्थमन्त्री जनादर्शन शर्माले क्रिप्टोकरेन्सी, प्रविधिको माध्यमबाट भइरहेको नेटवर्क मार्केटिङ व्यवसाय नियमन बताएका छन् । चालु आर्थिक वर्ष २०७८/७९को अर्धवाषिर्क समीक्षा गर्दै अर्थमन्त्री शर्माले यस्ता अवैध कारोबारले अर्थतन्त्रमा चुनैती थप्ने भएकाले नियमन गरिने बताए ।

‘नयाँ प्रविधिको विकास आफैंमा मानवजातिको लागि महत्वपूर्ण उपलब्धि हो, त्यसका नकारात्मक पक्ष पनि छन्,’ उनले भने,’हाइपर फन्ड, बेटिङ, क्रिप्टोकरेन्सी लगायत विभिन्न प्रविधिको प्रयोगले पुँजी पलायन भइरहेको छ, त्यसबारे अनुसन्धान र नियमन गर्न कमिटी बनाएर काम गरिरहेका छौं ।’

उनले संरचनात्मक सुदृढीकरण नहुँदा बजेट कार्यान्वयनमा समस्या देखा परेको बताए । कतिपय ऐन नियमलाई विकास मैत्री बनाउन सशोधनको प्रक्रिया अघि बढाएको भन्दै उनले सेवालाई डिजिटाइज नगर्दा पनि सरकारी काम ढिलाइ हुने गरेको बताए ।

‘योजना छनोटमै समस्या छ, जनशक्ति कम छ,’ उनले भने,’अर्थ मन्त्रालयका तर्फबाट समन्वय गरिरहेका छौं ।’

खर्च प्रणालीमा गुणात्मक रुपमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै उनले तीन तहका सरकारले कार्यक्रमको डुप्लिकेसन नहुने गरी काम गर्नुर्पो अवस्था पनि रहेको बताए ।

अर्थ सचीव मधुकुमार मरासिनीले प्रणालीमा परिवर्तन नगरेसम्म असारमै ३०-३५ प्रतिशत पुँजीगत खर्च भइरहेको बताए ।

स्थानीय तहको चुनाबमा हुने आर्थिक गतिविधिका कारण आर्थिक वृद्धिमा १ प्रतिशत योगदान पुग्ने उनको आकलन छ ।

‘बजेटमा जुन रकम बिनियोजन गरिएको छ, त्यसमा खर्च नगरी थप रकम माग्ने प्रवृत्ति छ,’ उनले भने,’चुनाव, मल खरिद लगायतका लागि थप स्रोत आवश्यक परेको छ, बाढी पहिरोको क्षतिपूर्तिको माग छ,, यसले बजेटमा चाप परिरहेको छ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago