निकुञ्जका कर्मचारीहरूलाईसमेत विभागीय कारबाही

काठमाडौँ: चितवनमा सडक बिस्तार गर्ने क्रममा गैंडाको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले कर्मचारीसमेत दोषी देखिएको ठहर गर्दै चितवन निकुञ्जका कर्मचारीहरूलाईसमेत विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

समितिले प्रतिवेदनमा ‘सम्बन्धित निकुञ्ज कार्यालयका कर्मचारीहरूलाई प्रचलित निजामति सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक नगरेकोमा विभागीय कारबाही गर्नुपर्ने’ उल्लेख छ ।
प्रतिवेदनमा असावधानीपूर्वक काम गर्ने, गराउने, सुरक्षाको प्रबन्ध नगर्ने, सरोकारवाला निकायहरूसँग समन्वय नगर्ने सडक डिभिजन भरतपुरका पदाधिकारीहरूलाईसमेत निजामति सेवा ऐनअनुसार विभागीय कारबाही गर्न भनिएको छ । पूर्वपश्चिम मेहन्द्र राजमार्गको चितवन भरतपुर गोन्द्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर गत माघ ९ गते दिउँसो करिब ११ वर्षको भाले गैंडा मरेको थियो ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादबले गैंडाको मृत्युबारे छानविन गर्न वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, निकुञ्ज विभागका योजना प्रमुख डिलबहादुर पूर्जा पुन, डिभिजन वन कार्यालय, चितवनका प्रमुख पदम नेपाल र चितवन निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्य सदस्य रहेको छानबिन समिति बनाएका थिए ।

समितिले दुई दिनअघि पेस गरेको प्रतिवेदनमा निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणलाई सचेत गराउनसमेत भनिएको छ ।

प्रतिवेदनमा भनिएको , ‘कर्मचारीका साथै नेपाली सेनाको बीस हजारी पोस्ट तथा मध्यवर्ती उपभोक्ता समितिलाई आइन्दा यस्ता घटना नदोहोरिने गरी सम्वन्धित चितवन निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गण तथा समितिले सचते गराउने ।’

वन तथा वातावरणमन्त्री यादबले प्रतिवेदनले दोषी ठहर्‍याएकाहरूलाई कारबाहीको दायरामा ल्याउने बताए ।

‘ज–जसलाई दोषी ठहर गरेको छ । ती सबैलाई कारबाही प्रक्रिया तत्काल अघि बढाउँछु,’ मन्त्री यादबले कान्तिपुरसित भने, ‘प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन कुनै कसर बाँकी राख्ने छैन ।’ छानबिन समितिले दुई दिनअघि प्रतिवेदनबारे मन्त्री, सचिवलगायतलाई ब्रिफिङ गरेको थियो ।

दुई दिनअघि प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वैठकमा सांसदहरूले छानबिन समितिमा चितवन निकुञ्जका प्रमुखलाईसमेत सदस्य राखिएकामा आपत्ति जनाएका थिए । सांसदहरू शान्ता चौधरी र शान्तीमायाँ पाख्रिनलगायतले छानबिनको दायरामा ल्याउनुपर्ने निकुञ्जका प्रमुखलाई समितिमा राखिएकामा आपत्ति जनाएका थिए । ‘कर्मचारीकोसमेत उक्त घटनामा कमी कमजोरी हुन सक्छ,’ चौधरीले प्रश्न गरेकी थिइन्, ‘समितिमै सदस्य राखिएपछि कसरी बास्तबिकता बाहिर आउँछ ?’

प्रतिवेदनमा सडक बिस्तार गर्ने इण्डो सगुन जेभीले पर्याप्त साबधानी नपुर्‍याएको र चरम लापरबाही गरेका कारण गैंडाको मृत्यु भएको ठहर गर्दै उक्त कम्पनीका सम्बन्धित व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार मुद्दाको अनुसन्धान तथा तहकिकात गरी कारबाही गर्न भनिएको छ ।

त्यसबारे निकुञ्जले अनुसन्धान अधिकृत तोकेर तहकिकात अघि बढाएको छ । त्यस सम्वन्धमा चितवन जिल्ला अदालतबाट घटनामा सम्बन्धित व्यक्तिलाई पक्राउ पूर्जी जारी भएको छ ।

प्रतिवेदनमा नजिकको सामुदायिक वन समूहका वन रक्षक, निकुञ्जको रेन्जपोस्ट, नेपाली सेनाको पोस्ट, डिभिजन वन कार्यालयअन्तर्गत्का कर्मचारीलगायतलाई स्पष्टिकरण सोध्नसमेत भनिएको छ । छानबिन समितिले स्थलगत अध्ययन र सरोकारवाला निकायका प्रमुख र अन्यसँग छलफल गरी प्रतिवेदन तयार गरेको हो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago