तत्काल सहयोग गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जोखिममा

काबुल: अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठूलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दावी गरिएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (यूनिसेफ)ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो ।

यूनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

विषेश गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले बालबालिकाहरुमा कुपोषणलगायतका रोगसँगै विभिन्न समस्याहरू उत्पन्न भएकाले उनीहरूको जीवन जोखिममा रहेको यूनिसेफका अधिकारीहरूको भनाइ छ ।

“तत्काल ठोस सहयोग गर्ने कार्य गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जान सक्छ, त्यसैले उच्च प्राथमिकताका साथ सहयोगका लागि काम गर्नुपर्ने टट्कारो आवश्यकता छ,” अफगानिस्तानस्थित यूनिफेसको कार्यालयले उल्लेख गरेको छ ।

कुपोषणलगायतका विभिन्न समस्याबाट ग्रसित बालबालिकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको यूनिसेफले जनाएको छ ।

बालबालिकालाई आवश्यकताअनुसार पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउन सरकारले नसकेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गरेको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago