मस्को: मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बिहीबार जनाएको छ ।
बेलायती विदेशमन्त्री लिज ट्रुसले मस्कोमा आयोजित प्रेस सम्मेलनमा भने, “हामीले युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू अन्यत्र सरेको देख्नु आवश्यक छ किनभने अहिले यो एकदमै खतरनाक सुरक्षा चासोको अवस्था बनेको छ ।
ट्रुसले युरोपेली सुरक्षा र यूक्रेनको तनावबारे मस्को र पश्चिमका अधिकारीहरूबीच हप्तौंको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरे ।
मस्कोमा भएको वार्तापछि ट्रुसले भने, “लाभरोभसँगको मेरो छलफलले सकारात्मक सन्देश दिएको छ । उनले रूसको युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताए तर हामीले ती शब्दहरू पछ्याउनु आवश्यक छ ।”
रूसले आफ्नो पूर्व सोभियतकालिन भूभागमा रहेको छिमेकी यूक्रेन वरिपरि करिब एक लाख सेना तैनाद गरेपछि युक्रेनमा पृथकतावादी द्वन्द्व चर्काउने तयारी भइरहेको पश्चिमी राजधानीका नेताहरुले चेतावनी दिँदै आएका छन् ।
लाभरोभले संयुक्त प्रेस सम्मेलनमा संवाददाताहरूलाई आफू वार्ताबाट ‘निराश’ भएको कुरा बताए । रूसी गुनासोहरू दोहोर्याउँदै रूसको आफ्नो सुरक्षाको चिन्ता प्रकट गरेको उनले बताए ।
उनले भने, “मैले महसुस गरें कि या त हाम्रा राष्ट्रपतिले दिएका स्पष्टीकरणहरूबारे हाम्रा सहकर्मीहरूलाई थाह थिएन वा तिनीहरूले ती व्याख्याहरूलाई पूर्णतया बेवास्ता गरिरहेका छन् ।”
यूक्रेनको सिमानामा रहेको बेलारूसमा रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीचको भेट भएको हो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…