तनाव कम गर्न रूसले फौजलाई पछि हटाउनुपर्छ

मस्को: मस्कोले आक्रमण गर्ने योजना बनाएको आशङ्काका कारण रुस र पश्चिमबीचको तनाव कम गर्न रुसले यूक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतले बिहीबार जनाएको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रुसले मस्कोमा आयोजित प्रेस सम्मेलनमा भने, “हामीले युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू अन्यत्र सरेको देख्नु आवश्यक छ किनभने अहिले यो एकदमै खतरनाक सुरक्षा चासोको अवस्था बनेको छ ।

ट्रुसले युरोपेली सुरक्षा र यूक्रेनको तनावबारे मस्को र पश्चिमका अधिकारीहरूबीच हप्तौंको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरे ।

मस्कोमा भएको वार्तापछि ट्रुसले भने, “लाभरोभसँगको मेरो छलफलले सकारात्मक सन्देश दिएको छ । उनले रूसको युक्रेनमा आक्रमण गर्ने कुनै योजना नभएको बताए तर हामीले ती शब्दहरू पछ्याउनु आवश्यक छ ।”

रूसले आफ्नो पूर्व सोभियतकालिन भूभागमा रहेको छिमेकी यूक्रेन वरिपरि करिब एक लाख सेना तैनाद गरेपछि युक्रेनमा पृथकतावादी द्वन्द्व चर्काउने तयारी भइरहेको पश्चिमी राजधानीका नेताहरुले चेतावनी दिँदै आएका छन् ।

लाभरोभले संयुक्त प्रेस सम्मेलनमा संवाददाताहरूलाई आफू वार्ताबाट ‘निराश’ भएको कुरा बताए । रूसी गुनासोहरू दोहोर्‍याउँदै रूसको आफ्नो सुरक्षाको चिन्ता प्रकट गरेको उनले बताए ।

उनले भने, “मैले महसुस गरें कि या त हाम्रा राष्ट्रपतिले दिएका स्पष्टीकरणहरूबारे हाम्रा सहकर्मीहरूलाई थाह थिएन वा तिनीहरूले ती व्याख्याहरूलाई पूर्णतया बेवास्ता गरिरहेका छन् ।”

यूक्रेनको सिमानामा रहेको बेलारूसमा रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीचको भेट भएको हो ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago