प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५ हजार ८ सय ६६ जनाको मनोनयन दर्ता

काठमाडौं :  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भएको उम्मेदवारको सूची निर्वाचन आयोगले प्रकाशन गरेको छ। प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागी प्रतिनिधिसभातर्फ २ हजार ४ सय ७३ (पुरुष- २ हजार २ सय ४२, महिला- २ सय ३१), प्रदेशसभा तर्फ ३ हजार ३ सय ९३ (पुरुष- ३ हजार ९९, महिला-२ सय ९३ र अन्य- १) जनाले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले प्रकाशन गरेको सुचिमा उल्लेख छ । अन्तिम नामावलि प्रकाशन गर्दा सम्म याे स‌ख्या थपघट हुन सक्ने आयोगले जनाएकाे छ ।

निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने आयोगले जनाएको छ। आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्धारण गरेको छ।

मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय सोमबार दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म रहेको छ।

यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजे देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ।

आगामी निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या रहेका छन्। निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सो अन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ।

 

 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago