जापानबाट नेपाली चेलि मिस प्रिटिन प्रतियोगिता भाग लिन अमेरिका जादैं , NRNA ले गर्यो सम्मान । फोटो फिचर

कविकिरण न्योपाने ।  जापानमा दर्जनौं  प्रतिस्प्रधी लाई पाखा लगाउँदैं नेपाली चेलि युमे अधिकारी मिस प्रिटिन प्रतियोगिता भाग लिन अमेरिका जाने अन्तिम तयारी गरि रहेकी छिन् । उनको सम्मान तथा प्रोत्साहन स्वारुप एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाले सनिवार जापानकी गुडिया समेत भनेर चिनिने युमे अधिकारीलाई विषेश कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ।

कार्यक्रममा एनआरएनए जापान, नागोया क्षेत्रीय समितिका संयोजक मनोज बम मल्लले युमे अधिकारीलाई मायाको प्रदान गरेका थिए। कार्यक्रममा एनआरएनएका उपाध्यक्ष गोविन्द्र श्रेष्ठ , आईसिसि सदस्य दिपक कार्की, एनआरएनए एशिया प्यासिफिक संयोजक पारशमणि पोख्रेल, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, सचिव श्याम शितल , कार्यसमिति सदस्य रामकाजी थापा , तोकाई बाटिका ईन्टरनेशनल स्कूलका अध्यक्ष डा सुदिप अधिकारी ,गल्कोट समाज जापानका अध्यक्ष यम खत्री लगाएतले युमे अधिकारीलाई शुभकामना व्यक्त गरेका थिए।

नेपाली चेलि अधिकारी सौंदर्न्य प्रतियोगितामा जापान प्रथम हुँदै अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाट भाग लिन पाउने भएपछि उनको चर्चा चुलिएको छ। जापानको नागोया शहरबाट नजिकै रहेको गिफु केनमा उनि आफ्ना परिवार संगै बस्दैं आएकी छिन्।

वाह्र बर्षिया युमे अधिकारीले पहिलो पटक जापानबाट प्रतिनिधित्व गर्दै मिस प्रिटिन तथा टिन अन्तर्राष्ट्रिय – २o२२ सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवशर प्राप्त गरेकी हुन्। सो प्रतियोगिता ४० वर्ष देखि लगातार आयोजना हुँदै आएको बताईएको छ। उक्त प्रतियोगिता मिसेस फ्याबुलस अन्तर्गतको यौट्टा बाण्ड भएको र यस्ले अन्तर्राष्ट्रियकरण एवं सामाजिक योगदानका गतिविधीका साथै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको युमेकी अभिभावक तथा मामा कुशल धिताल बताउँछन् । आफ्नी छोरीलाई आर्शिवाद प्रदान गर्नु हुने र छोरीलाई हौसला प्रदान  गर्ने सबैलाई युमेकी वुवा सन्जिब अधिकारीले धन्यवाद व्यक्त गरेका छन्। 

उक्त प्रतिष्ठित प्रतियोगिता अमेरिकामा आगामी जुलाई २५देखी २७ तारिक आयोजना हुने बताइएको छ। आफुले स्कूलको पढाई संगै यस प्रतियोगितामा तयारीको लागि समय दिएर मेहनत गरेका कारण सफलता प्राप्त गरेको बताउने युमे आफ्नी आमाको प्रेरणा अनि ईष्टमित्रहरुको सहयोगले यहा सम्म आईपुग्न सजिलो भएको बताउछिन् । पढाई संगै उनि नेपाली, अंग्रेजी, जापनिज र कोरियन नृत्य तथा अंग्रेजी र जापनिज गित गाउन समेत पोख्त छिन्। आफ्नी छोरीको कारण नेपाल र नेपालीलाई नजिकबाट विश्वले चिन्ने अवशर पाएकोमा धेरै खुःसी छु , युमेकी आमा अन्जना धिताल (अधिकारी) ले बताईन । प्रतिस्प्रधाका लागी जुलाई २२ मा युमे परिवार संग अमेरिका जादैं छिन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago