अब नेप्से कता जालात ?

काठमाडौं: गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेको छ। अघिल्लो साता २०२८.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता १.७८ प्रतिशत अर्थात ३६.१५ अंक घटेर १९९२.६२ विन्दुमा झरेको छ। गत साता ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने दुई कारोबार दिन मात्र बढेको थियो। सो साता आइतबार र बुधबार बजार बढेको थियो भने बाँकी कारोबार दिन ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यद्यपि, यी दुई बीचको दूरी साँघुरिएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर भएको संकेत गर्दछ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेमा डेड क्रशओभर बन्नेछ। सो क्रशओभरले बजार घट्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मारुबोजु मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ताहरु बलियो रहेको संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले सुटिङ्ग स्टार मैनबत्ती बनाएको छ। यो एक बियरिश मैनबत्ती हो।

नेप्से ओरालो लागेपनि यस साता भोल्यूम भने बढेको छ। यस साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जससँगै नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४१.७६ प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

गत साता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। सो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७ प्रतिशत बढेको हो भने जलविद्युत उपसमूहको ०.९९ प्रतिशत बढेको छ।

अघिल्लो साता २२७६.४५ विन्दुमा बन्द भएको जलविद्युत उपसमूहको परिसूचक, गत साता २२.४४ अंक घटेर २२९८.८९ विन्दुमा झरेको छ। यस अनुसार, यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २६०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, ओरालो लागेमा भने २००० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको जस्तै यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमए भन्दा माथि रहेको छ। यद्यपि, यी दुई बीचको साँघुरिँदै गएको दूरीले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

Comments
Kamal Panthi

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago