अब नेप्से कता जालात ?

काठमाडौं: गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेको छ। अघिल्लो साता २०२८.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता १.७८ प्रतिशत अर्थात ३६.१५ अंक घटेर १९९२.६२ विन्दुमा झरेको छ। गत साता ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने दुई कारोबार दिन मात्र बढेको थियो। सो साता आइतबार र बुधबार बजार बढेको थियो भने बाँकी कारोबार दिन ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यद्यपि, यी दुई बीचको दूरी साँघुरिएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर भएको संकेत गर्दछ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेमा डेड क्रशओभर बन्नेछ। सो क्रशओभरले बजार घट्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मारुबोजु मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा बिक्रीकर्ताहरु बलियो रहेको संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले सुटिङ्ग स्टार मैनबत्ती बनाएको छ। यो एक बियरिश मैनबत्ती हो।

नेप्से ओरालो लागेपनि यस साता भोल्यूम भने बढेको छ। यस साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जससँगै नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ४१.७६ प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

गत साता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। सो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७ प्रतिशत बढेको हो भने जलविद्युत उपसमूहको ०.९९ प्रतिशत बढेको छ।

अघिल्लो साता २२७६.४५ विन्दुमा बन्द भएको जलविद्युत उपसमूहको परिसूचक, गत साता २२.४४ अंक घटेर २२९८.८९ विन्दुमा झरेको छ। यस अनुसार, यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २६०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, ओरालो लागेमा भने २००० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको जस्तै यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमए भन्दा माथि रहेको छ। यद्यपि, यी दुई बीचको साँघुरिँदै गएको दूरीले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago