बिकाशको एउटा छुट्टै अबधारणा ‘आबेनोमिक्स’ र आबेसान

बिन्दु पंथी,टोकियो: जापानको इतिहाँस रचेका सबै जापानी एव बिश्व जगतमा अतिनै प्रिय मानिएका सहनसिल, भलादमि पूर्व प्रधानमन्त्री शिन्जो आबेको आबेनोमिक्स के थियो होला। यो लेखमा थोरै आबेनिमिक्सको बिश्व हल्लाउने फरमुला को बास्तविकता के होला सबैको कौतुहल मेटाउने सानो प्रयास हो यसको सम्पुण नालीवेली अबस्य क्रमश प्रस्तुत गरिनेनै छ।

सन १९५४ सेप्टेम्बर २१ को दिन एउटा राजनैतिक परिवार को सदस्यको रुपमा जन्मलिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेका हजुरबुवा १९५७ देखि ६० सम्म जापानको प्रधानमन्त्री र बाबुपनि १९८२-८६ सम्म बिदेशमन्त्री थिएl सबै घरपरिवारका सदस्यहरु राजनितिमा उपल्लो ओहोदामा रहेकोले सानै उमेरदेखि पारिवारिक बिरासत जोगाउँदै राजनितिमा होमिएका आबे जापानको इतिहासमा सबैभन्दा धेरै समय प्रधानमन्त्री हुने एव दोस्रो विश्व युद्ध पछाडिको नयाँ पुस्ताको पहिलो प्रधानमन्त्री भएका थिए। आबे सानको आर्थिक दृष्टिकोण विश्व जगतमा अतिनै लोकप्रिय रहेको छ। यसरी आबेको अर्थशास्त्रीय बिकाशको अबधारण लाई आबेनोमिक्स भनिन्छ।

आबेसान,यस्तो जापानिज आर्थिक रुपमा चरम मन्दिको अबस्थामा प्रधानमन्त्री भएर जापानी अर्थतन्त्रलाई सबल बनाउने काममा तल्लिन भए र आर्थिक नितिमा विशेष गरेर मौद्रिक सहजता, वित्तिय प्रत्साहन र संरचनात्मक सुधारका अबधारणा बिकाशगरे जसलेनै जापानलाई आर्थिक सबल बनाउन मद्धत गरेको हो भन्ने कुरालाई बिविसी ले पनि विशेष रणनिति भनेर प्रचार गऱ्यो त्यहि आधुनिक बिकाशको अबधारण आबेनोमिक्स हो।

आबेनोमिक्स को अबधारणा लाई जापानी राष्ट्र बैंक को मौद्रिक नितिमा समाबेस गरिएको छ। त्यसैको कारणले जापानमा संरचनात्मक सुधार तथा लैङ्गिक सुधारहरु भए भनेर मान्न सकिन्छ। यध्यपी आबेनोमिक्स को तिनखम्बे नितिमध्य संरचनात्मक सुधारको अबधारणालाई सबल बनाउन पुर्ण रुपमा नसक्दै अत्यन्तै उपत्यारिलो घट्नाको बाबजुत यो बिश्व इतिहासको पानाबाट भौतिकरूपमा बिदा भए।

यो लेख लेख्न लाग्दैगर्दा जापानी हरुको धारणा प्रत्यक्ष बुझ्दा अधिकांश जापानीहरुले यो एउटा सपना मात्र भैदियोस र पुन आबेसान देख्न पाइयोस भन्दै आसुनै झारे यो देख्दा हाम्रो देशका नेताहरु को कुकर्मकै कारण जनमानसमा नराम्रो छाप परेको त होइन भन्ने प्रश्न उब्जियोl हाम्रो देशमा पनि कुनै बिकाशको अबधारण बिकाश र सफल नेतृत्वको आसा सबै नेपालीहरुको छ l आबेनोमिक्सका सफल पक्ष र दुर्बल पक्ष हरु क्रमश प्रश्तुत आगामि लेखमा आउने नै छ।

पुनश्च: पुर्व प्रधानमन्त्री शिन्जो आबेसान प्रति हार्दिक श्रृदान्जली!!

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago