के यातायातमा भएको ‘दुई रुपैयाँ ठगी’ रोक्न भाडादर वृद्धि भएको हो?

काठमाडौं: वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा बढाएको छ । मन्त्रालयले प्रदेशभित्र चल्ने छोटो दुरी अन्तर्गत उपत्यकामा गुड्ने सवारीको भाडा दुईदेखि तीन रुपैयाँले वृद्धि गरेको हो ।

सार्वजनिक यातायात व्यवसायीले लामो समयदेखि सरकारलाई दबाब दिँदै दुई रुपैयाँ बढी भाडा असुल्दै आएका थिए । लागु गर्ने नसकिने सोही भाडादर अनुसार मन्त्रालयले भाडा समायोजन गरेका गाडी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने बनाएको छ ।
तर, यातायात व्यवसायी भने सरकारले बढाएको भाडादरसँग पनि सन्तुष्ट छैनन् । वैशाख १ गतेदेखि लागु हुने भनिएको भाडादर अहिले नै व्यवसायीले उठाउन थालिसकेका छन् । उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा किलोमिटरका आधारमा भाडा बढाइएको छ । गाडी चढ्नेवित्तिकै अर्थात पाँच किलोमिटरसम्म १८ रुपैयाँको साटो २० रुपैयाँ तिर्र्नुपर्नेछ ।

गाडी चढ्नेवित्तिकै २० रुपैयाँ तिर्नुपर्ने बताइए पनि न्यूनतम भाडा २५ रुपैयाँ उठाउने गरिएको छ ।
अब १० किलोमिटरमा २३ को साटो २५ रुपैयाँ, १५ किलोमिटरसम्म २७ को साटो ३० रुपैयाँ, २० किलोमिटरमा ३० रुपैयाँको साटो ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँको साटो ३८ रुपैयाँ तिर्नुपर्नेछ ।

तर, व्यवसायीहरुले भने छोटो दुरी अन्तर्गतको पाँचदेखि दश किलोमिटर दुरीमै २५ देखि ३५ रुपैयाँ भाडा असुल गरिरहेका छन् । करिब सात महिनासम्म आफैं मनलाग्दी भाडा असुल्दै आएका व्यवसायीलाई सरकारले नियमन गर्न सकेन ।
व्यवसायीकै दबाबले मन्त्रालयले गत कात्तिकदेखि लागु हुनेगरी चढ्ने वित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने गरी भाडा समायोजन गरेको थियो । व्यवसायीहरुले आफूहरुकै कारण अहिले सरकारले औपचारिक रुपमा गाडी चढ्नेवित्तिकै २० रुपैयाँ कायम गरेको बताएका छन् ।
उक्त भाडादरमा यात्रुले पाउने दुई रुपैयाँ (खुद्रा रुपैयाँ) बजारमा नपाइने भन्दै व्यवसायीले दुई रुपैयाँ बढी भाडा आफंै असुल्दै आएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दुरीका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर १० देखि १५ प्रतिशतले वृद्धि गरेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago