के माओवादी केन्द्र अराजक भएकै हो ?

काठमाडौं: हुम्ला अदानचुली गाउँपालिकामा माओवादी केन्द्रका कार्यकर्ताहरुले गाउँपालिका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दल फडेराको घरमा तोडफोड गरेका छन् । शनिबार अध्यक्ष फडेराका कार्यकर्ताले घरमा तोडफोड गरेको बदलामा माओवादीका कार्यकर्ताले उनको घरमा शनिबार तोडफोड गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार शुक्रबार एमाले कार्यकर्ताले अदानचुली गाउँपालिका ३ स्थित फडेरा गाउँका केही पसल र घरमा तोडफोड गरेका थिए । त्यसकै बदलामा शनिबार माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घरमा तोडफोड गरेको हुम्लाका डीएसपी हेरम्भ शर्माले जानकारी दिए ।

प्रहरीका अनुसार फडेराको घरको माथिल्लो तलामा तोडफोड भएको छ । सोलारलगायतका केही सामानहरु टुटफुट भएका छन् ।
माओवादी पक्षले भने शुक्रबार गाउँपालिका अध्यक्षसहित कार्यकर्ताहरुले होटल र घरमा बसेको बेलामा आफूहरुमाथि आक्रमण गरेकाले अध्यक्षको घर तोडफोड गरेको जनाएको छ ।

डीएसपी शर्मा भन्छन्, ‘‘माओवादी कार्यकर्ताहरु दुईतिरबाट प्रवेशगरी आक्रमण गरेका रहेछन् । पहिलो दिन जाँडरक्सी खाएर एमाले कार्यकर्ताले माओवादी पक्षका घरहरु तोडफोड गरेका रहेछन ।”
प्रहरीका अनुसार एमाले नेता तथा गाउँपालिका अध्यक्ष फडेरा भने घरमै सुरक्षित छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago