ऋषि धमला दिएको स्पष्टीकरण चित्त बुझ्दो भएन , काउन्सिलले बयानको लागि बोलायो

काठमाडौँ: प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ । धमलाले यसअघि बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई बयानका लागि बोलाएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । उनका अनुसार सोमबार १२ बजे बयानका लागि बोलाइएको हो ।

चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो। धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका थिए । धमलाले ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ स्पष्टीकरणमा उल्लेख गरेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago