हेटौंडा उपमहानगरको मेयर, उपमेयर उम्मेदवारी टुङ्गो

मकवानपुर: बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट मेयर र उपमेयरको उम्मेदवारी आज टुङ्गिने छ ।

उम्मेदवारीको टुङ्गो लगाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको बैठक आज बस्दै छ । हेटौंडा–८ कमानेमा उपमहानगर कमिटी बैठक बस्न लागेको हो । आजको बैठकबाट सकेसम्म हेटौंडामा मेयर र उपमेयरको उमेदवार टुङ्गो लगाइने पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

मेयर र उपमेयरका लागि सर्वसहमतिका आधारमा टुङ्गो लगाउने तयारी भएको छ । यद्यपि सहमती नभएमा मतदानको प्रक्रियाबाट उमेदवारको टुङ्गो लगाईने नगर कमिटीले जनाएको छ ।

अन्तिम समयसम्म आइपुग्दा एमालेबाट हेटौंडा उपमहानगरको मेयरको आकांक्षी ७ जना रहेका छन् भने उपमेयरमा पनि ५ जनाले आफू उमेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । मेयरको उमेदवार बन्नका लागि हेटौंडा उपमहानगरपालिकाका बहालवाला मेयर हरि बहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, संविधानसभाका सदस्य अनन्त पौडेल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्यहरु मदन कुमार दाहाल र ध्रुवप्रसाद चौलागाई आकांक्षी देखिएकाे छ ।

यसैगरी उपमेयरमा अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा पार्टी नगर सहइन्चार्ज सुमित्रा काफ्ले, पार्टी सहसचिव सीता बिष्ट, महिला नेतृहरू प्रतिमा श्रेष्ठ, आरती पाठक, मेनुका दाहाललगायतकाले इच्छा व्यक्त गरेका छन् ।

पार्टी नेतृत्वले आपसी सहमति गर्न निर्देशन दिएको भए पनि मेयर र उपमेयरका उम्मेदवारहरु एकले अर्कालाई छोड्ने पक्षमा देखिएका छैनन् ।

नेताहरु आफै पनि उमेदवार भएकाले सहमती भइहाल्ने अवस्था पनि नरहेको नगरकमिटीका एक नेताले बताए । एकले अर्कालाई समर्थन पनि नगर्ने र अन्तिममा कुनै विकल्प नभएमा चुनावी प्रक्रियामा जानुको विकल्प छैन ।

यसैबीच आजै मकवानपुरको बाँकी गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष सहित सदस्यहरूको टुङ्गो लाग्ने पार्टी अध्यक्ष श्रेष्ठले बताए ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago