नासु गुप्ता ले किर्ते गरेकाले कानुन बमोजिम कारबाही

रौतहट: रौतहटको ईशनाथ नगरपालिकाका शिक्षा संयोजक (नायब सुब्बा) नन्दकिशोर गुप्ताले निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्न उपप्रमुख हुसने आरा र वडाध्यक्ष इद मोहम्मदको नक्कली हस्ताक्षरसहित कार्यपालिका बैठकको निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेको खुलेको छ ।
उनीविरुद्ध जिल्ला प्रहरीमा उपप्रमुख आराले किर्ते जाहेरी दिन लागेकी छन् ।
किर्ते कागजकै भरमा मन्त्रालयले यही फागुन २३ गते संयोजक गुप्तालाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको नगरप्रमुख सन्तोष मेहताले बताए । ‘अब किर्ते गर्नेविरुद्ध कानुनी बाटो अपनाउन लागेका छौं,’उनले भने,‘प्रमुख बन्न यतिसम्म गलत काम गर्छ भन्ने कल्पना गर्न सकिँदैन ।’

दुई महिनाअघि मन्त्रालयले उपसचिव खिमबहादुर भुजेललाई ईशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । त्यसपछि सुब्बा गुप्ताले माघ २४ गते उपप्रमुख हुसने आराको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निमित्तको जिम्मेवारी दिन भनी चलानी नम्बरसमेत नक्कली राखेर मन्त्रालयलाई पत्र पठाएको फेला परेको नगरप्रमुख मेहताले सुनाए । ‘अधिकृत भुजेलको सरुवा कसरी भयो भनेर मन्त्रालयमै गएर बुझ्दा सबै नक्कली हस्ताक्षर गरेर मन्त्रालयलाई समेत गुमराहमा पारको रहेछ, यही कारण गुप्ताविरुद्ध प्रहरीमा किर्ते जाहेरी दिन लागेका छौं,’ उनले थपे । नगरप्रमुख मेहताले जिल्ला प्रहरी रौतहटमा मुद्दा दर्ता गरिने जनाए ।

मन्त्रालयले गुप्तालाई निमित्तको जिम्मेवारी दिई उपसचिव भुजेललाई यही जिल्लाको कटहरिया नगरपालिका प्रमुखको जिम्मेवारी दिएको छ । नगरप्रमुख मेहताका अनुसार गुप्ताले पठाएका किर्ते कागज मन्त्रालयमा फेला परेको र त्यसकै आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको रहेछ । यसअघि गुप्ताले सोही नगरपालिकामा दुई पटकसम्म निमित्तको जिम्मेवारी पाइसकेका छन् ।

पछिल्लो समय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत ल्याउन कार्यपालिकाको बैठकको निर्णयसहित सिफारिस पत्र पठाउने र सोही आधारमा मन्त्रालयले पनि जिम्मेवारी तोक्दै आएको थियो ।

गुप्ताले आफूले कुनै किसिमको किर्ते नगरेको दाबी गरे । ‘उपमेयरको अध्यक्षतामा कार्यपालिका बैठक बसेको निर्णय सही हो । यसमा कुनै किर्ते हस्ताक्षर गरेको छैन,’ उनले भने,‘उपप्रमुखले गरेको हस्ताक्षर र बैठकको मसित यथेष्ट प्रमाण छ । परेको बेला म देखाउन सक्छु ।’

यहीबीच कार्यपालिकाको बैठक नै नबसेको र शिक्षा संयोजक गुप्ताले नक्कली हस्ताक्षर गरेको उपप्रमुख हुसने आराले बताइन् । ‘नगर प्रमुखको अध्यक्षतामा पालिकाको बैठक बस्दै आएको छ । पछिल्लो समय बैठक बस्न सकेको छैन,’ उनले भनिन्,‘मेरो नक्कली हस्ताक्षर गरेर गुप्तालेजीले बैठक सम्पन्न भन्ने कागज मन्त्रालयमा पेस गरेको रहेछ । यो सबै किर्ते काम भएको छ ।’
शिक्षा संयोजक नन्दकिशोर गुप्ता ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago