झापा: झापाको विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरापलिका-७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ का ३० वर्षीय बिर्ख लिम्बु र भारतको किसनगं‌ज वीरखोरका मोहम्मद समिम छन् ।

प्रहरीका अनुसार गत सोमबार बिर्तामोडस्थित एभरेष्ट बैंकको पार्किङ क्षेत्रबाट मोटरसाइकले चोरी गरी भाग्दै गरेका प्रकाश सहनीलाई पक्राउ गरेपछि उक्त चोरी कार्यमा सं‌लग्न गिरोहका अन्य सदस्यहरूको पहिचान भएको र सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुको साथबाट पाँच थान पल्सर, एकथान अपाचे र एक थान सुपर एक्स्प्लेन्डर गरी ७ थान मोटरसाइकल समेत बरामद गरिएको छ । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट अनुमति लिइसकेको प्रहरीले बताएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago