काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२ दशमलव ३१ अंकले बढेर २५ सय ६६ दशमलव ९० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ३४ अंकले बढेर ४९३ दशमलव ५३ अंकमा पुगेको छ ।
कारोबार रकममा पनि बुधबारको भन्दा झिनो सुधार देखिएको छ । दिनभर भएका ४३ हजार ५३८ कारोबारबाट २२६ कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँ पुगेको छ ।
नेप्से परिसूचक उच्च अंकले बढ्दा अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । धेरै बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको ३१ रुपैयाँले बढेर ३४१ दशमलव ५० रुपैयाँमा पुगेको छ । यसैगरी कणर्ाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ३३ रुपैयाँल्े बढेर ४०४ रुपैयाँमा पुगेको छ भने नेपाल हाइड्रोको ४१ रुपैयाँले बढेर ५१५ रुपैयाँमा पुगेको छ ।
समग्रमा बजार बढे पनि केही कम्पनीहरुको सेयर मूल्य भने घटेको छ । घट्ने पहिलो नम्बरमा माउन्टेन इनर्जीको सेयर मूल्य ३५ रुपैयाँले ११ सय रुपैयाँमा पुगेको छ । दोस्रोमा एनटीसीको ३४ रुपैयाँले घटेर १६ सय ४६ रुपैयाँमा झरेको छ भने बोटलर्स नेपाल (तराईं) को सेयर मूल्य २५३ रुपैयाँले घटेर १३ हजार ५८७ रुपैयाँमा झरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…