झापा: झापाको विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरापलिका-७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ का ३० वर्षीय बिर्ख लिम्बु र भारतको किसनगंज वीरखोरका मोहम्मद समिम छन् ।
प्रहरीका अनुसार गत सोमबार बिर्तामोडस्थित एभरेष्ट बैंकको पार्किङ क्षेत्रबाट मोटरसाइकले चोरी गरी भाग्दै गरेका प्रकाश सहनीलाई पक्राउ गरेपछि उक्त चोरी कार्यमा संलग्न गिरोहका अन्य सदस्यहरूको पहिचान भएको र सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।
उनका अनुसार पक्राउ परेकाहरुको साथबाट पाँच थान पल्सर, एकथान अपाचे र एक थान सुपर एक्स्प्लेन्डर गरी ७ थान मोटरसाइकल समेत बरामद गरिएको छ । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट अनुमति लिइसकेको प्रहरीले बताएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…