काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२ दशमलव ३१ अंकले बढेर २५ सय ६६ दशमलव ९० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ३४ अंकले बढेर ४९३ दशमलव ५३ अंकमा पुगेको छ ।

कारोबार रकममा पनि बुधबारको भन्दा झिनो सुधार देखिएको छ । दिनभर भएका ४३ हजार ५३८ कारोबारबाट २२६ कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक उच्च अंकले बढ्दा अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । धेरै बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको ३१ रुपैयाँले बढेर ३४१ दशमलव ५० रुपैयाँमा पुगेको छ । यसैगरी कणर्ाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ३३ रुपैयाँल्े बढेर ४०४ रुपैयाँमा पुगेको छ भने नेपाल हाइड्रोको ४१ रुपैयाँले बढेर ५१५ रुपैयाँमा पुगेको छ ।

समग्रमा बजार बढे पनि केही कम्पनीहरुको सेयर मूल्य भने घटेको छ । घट्ने पहिलो नम्बरमा माउन्टेन इनर्जीको सेयर मूल्य ३५ रुपैयाँले ११ सय रुपैयाँमा पुगेको छ । दोस्रोमा एनटीसीको ३४ रुपैयाँले घटेर १६ सय ४६ रुपैयाँमा झरेको छ भने बोटलर्स नेपाल (तराईं) को सेयर मूल्य २५३ रुपैयाँले घटेर १३ हजार ५८७ रुपैयाँमा झरेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago