२२१ अंक घटेको नेप्से बुधबार ५२ अंक बढ्यो, कारोबार रकम पनि सामान्य बढ्यो

काठमाडौं: पछिल्लो ८ कारोबार दिनमा २२१ अंक घटेको नेप्से, यस साताको अन्तिम कारोबार दिन ५२ अंक बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ५२.२१ अंक अर्थात २.०८ प्रतिशत बढेर २५६६.७९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंक बढेको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन। यस दिन २२६ स्टकको ४३ हजार ५३८ पटकको कारोबारमा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको ५६ लाख १० हजार ६३१ कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको थियो।

बिहीबार इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत बढेर ३४१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलोपर्स, प्रोग्रेशिभ फाइनान्स, ज्याति विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन माउन्टेन इनर्जिको शेयरमूल्य ३.०८ प्रतिशत बढेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य गिरावट दर सोभन्दा कम रहेको छ।

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक ४.७९ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत र लगानीको ४.२ प्रतिशत बढेको छ। यस दिन व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन अन्य उपसमूहको परिसूच कभने ०.०४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम, एनआईसी एशिया र अरुण भ्याली हाइड्रोपावरको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago