सस्तो ब्याजमा १ करोड माथि ऋण, २ हजार ५५ जनाले लिए

काठमाडौँ: ब्याज अनुदानको सहुलियत कर्जा १ करोडभन्दा धेरै लिनेकाे संख्या गत माघसम्म २ हजार ५५ पुगेकाे छ । बैंक तथा वित्तीय संस्था र लघुवित्तमार्फत ती ऋणीले १ करोडभन्दा बढीका दरले सस्तो ब्याजदरको कर्जा सुविधा लिएका हुन् । माघसम्म १ लाख ४२ हजार ३ सय ४४ जनाले सहुलियत ब्याजको कर्जा सुविधा लिइसकेको राष्ट्र बैंकको तथ्यांक छ । तीमध्ये २ हजार ५५ जनाले १ करोड भन्दा बढी रकमको कर्जा लिएका हुन् ।

सहुलियत कर्जा कार्यक्रम अन्तर्गत गत माघसम्म कुल २ खर्ब ५० अर्ब १४ करोड ४४ लाख रुपैयाँ बराबर रकम स्वीकृत भएको छ । जसमध्ये २ खर्ब १४ अर्ब ७८ करोड १० लाख रुपैयाँ लगानीमा छ । यो कार्यक्रम अन्तर्गत नागरिकले विभिन्न १० वटा शिर्षकमा सस्तो ब्याजदरको कर्जा सुविधा लिन सक्छन् । तीमध्य महिला उद्यमी शिर्षकमा ६ प्रतिशत र बाँकी ९ वटा शिर्षकमा ऋणीले ५ प्रतिशत ब्याज अनुदान पाउँछन । ब्याज अनुदान सिधै ऋणीले पाउने भने होइन । बैंकले तय गरेको ब्याजदरमा ऋणीले सरकारबाट पाउने ब्याज अनुदान घटाएर बाँकी आउने ब्याजमात्र भुक्तानी गर्ने हो । त्यो बाँकी ब्याज बैंकले आफैं सरकारसँग दाबी गर्छ ।
गत माघसम्म सस्तो कर्जा लिएका कुल ऋणीमध्ये सबैभन्दा धेरै ८१ हजार २ सय २७ जना महिला उद्यमी छन् । यी महिलाले ७४ अर्ब १९ करोड ४६ लाख रुपैयाँ बराबर कर्जा सुविधा लिएका छन् । यस्तै ५८ हजार २ सय ६९ जनाले कृषि कर्जा लिएको देखिन्छ । ती ऋणीले कृषि शिर्षकमा १ खर्ब ३६ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबर कर्जा लिएका छन् । उक्त कर्जामध्ये १ खर्ब ३४ अर्ब रुपैयाँ धितोसहित र बाँकी बिना धितो प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

सहुलियत ब्याजमा १ करोडभन्दा धेरै ऋण लिनेहरुकाे सूची

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago