२२१ अंक घटेको नेप्से बुधबार ५२ अंक बढ्यो, कारोबार रकम पनि सामान्य बढ्यो

काठमाडौं: पछिल्लो ८ कारोबार दिनमा २२१ अंक घटेको नेप्से, यस साताको अन्तिम कारोबार दिन ५२ अंक बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ५२.२१ अंक अर्थात २.०८ प्रतिशत बढेर २५६६.७९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंक बढेको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन। यस दिन २२६ स्टकको ४३ हजार ५३८ पटकको कारोबारमा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको ५६ लाख १० हजार ६३१ कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको थियो।

बिहीबार इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत बढेर ३४१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलोपर्स, प्रोग्रेशिभ फाइनान्स, ज्याति विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन माउन्टेन इनर्जिको शेयरमूल्य ३.०८ प्रतिशत बढेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य गिरावट दर सोभन्दा कम रहेको छ।

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक ४.७९ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत र लगानीको ४.२ प्रतिशत बढेको छ। यस दिन व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन अन्य उपसमूहको परिसूच कभने ०.०४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम, एनआईसी एशिया र अरुण भ्याली हाइड्रोपावरको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago