दलबलसहित एमाले प्रवेश गर्दै करिष्मा मानन्धर

काठमाडौं: नयाँशक्ति पार्टी छाडेर अध्ययनमा लागेकी करिष्मा मानन्धरले फेरि एक पटक पार्टी राजनीति सुरु गर्ने मनस्थिति बनाएकी छिन् । केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले अन्ततः एमाले प्रवेश गर्ने तयारीलाई अन्तिम रुप दिएकी छिन् ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गर्दै पार्टी प्रवेश गर्ने मितिसमेत टुंग्याएकी छिन् । बालकोट स्रोतले इकागजलाई दिएको जानकारीअनुसार करिष्मा आफ्नो टिमसहित वैशाख ९ गते एमाले प्रवेश गर्नेछिन् । उनले आफू एक्लै टीका लगाएर प्रवेश नगर्ने बरु साथीहरूसहित प्रवेश गर्ने बताएपछि वैशाख ९ का लागि औपचारिक कार्यक्रम तय भएको हो ।

करिष्माले अभिनय करिअरको उत्तरार्धमा राजनीति गर्ने भन्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको सदस्यता लिएकी थिइन् । तर पछि उनी सो पार्टीबाट अलग भएकी थिइन् । बीचमा सामाजिक सञ्जालमा राजनीतिप्रति वितृष्णा पोख्ने गरेकी करिष्मा एमाले अध्यक्षसँगको भेटपछि पुनः राजनीतिमा फर्कन राजी भएकी हुन् । बालकोट स्रोत भन्छ, ‘उहाँले अध्यक्षज्यूसँग अरु पार्टी पार्टी जस्तै लागेनन् भन्ने गर्नुहुन्थ्यो । लामो समयको छलफलपछि उहाँ एमाले प्रवेश गर्न लाग्नुभएको हो ।’ करिष्मासँग यही विषयमा बुझ्न लाग्दा उनीसँग भने सम्पर्क हुन सकेन ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago