संखुवासभा: मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएका १५ जना पुगेको छ । उपचारका लागि हेलिकोप्टरबाट धरान लगिएकी मादी नगरपालिका–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ । उनले दुर्घटनामा परी गम्भीर घाइते भएकी युका पोखरेलको उपचारका क्रममा धरानमा मृत्यु भएको बताए । उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
मृत्यु हुनेमा मादीकी सीता विक, अञ्जना कटुवाल, भवानीप्रसाद दाहाल, इन्द्र अधिकारी, दिक्षा कटुवाल, बलबहादुर कार्की, सबिता कार्की, दिपककुमार दाहाल रहेका छन् । त्यस्तै, ताप्लेजुङकी समीक्षा योञ्जन, उनका छोरा सुदिप घिसिङ, मादीका श्याम शेर्पा, आइतबहादुर तामाङ, तेह्रथुमका चालक विपिन निरौला र मादीका सहचालक उमेश भट्टराईको मृत्यु भएको डिएसपी सुवेदीले बताए ।
अन्य घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा बिहीबार बिहान साढे ७ बजे दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बसमा १९ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…