काठमाडौं: नयाँशक्ति पार्टी छाडेर अध्ययनमा लागेकी करिष्मा मानन्धरले फेरि एक पटक पार्टी राजनीति सुरु गर्ने मनस्थिति बनाएकी छिन् । केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले अन्ततः एमाले प्रवेश गर्ने तयारीलाई अन्तिम रुप दिएकी छिन् ।
बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गर्दै पार्टी प्रवेश गर्ने मितिसमेत टुंग्याएकी छिन् । बालकोट स्रोतले इकागजलाई दिएको जानकारीअनुसार करिष्मा आफ्नो टिमसहित वैशाख ९ गते एमाले प्रवेश गर्नेछिन् । उनले आफू एक्लै टीका लगाएर प्रवेश नगर्ने बरु साथीहरूसहित प्रवेश गर्ने बताएपछि वैशाख ९ का लागि औपचारिक कार्यक्रम तय भएको हो ।
करिष्माले अभिनय करिअरको उत्तरार्धमा राजनीति गर्ने भन्दै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको सदस्यता लिएकी थिइन् । तर पछि उनी सो पार्टीबाट अलग भएकी थिइन् । बीचमा सामाजिक सञ्जालमा राजनीतिप्रति वितृष्णा पोख्ने गरेकी करिष्मा एमाले अध्यक्षसँगको भेटपछि पुनः राजनीतिमा फर्कन राजी भएकी हुन् । बालकोट स्रोत भन्छ, ‘उहाँले अध्यक्षज्यूसँग अरु पार्टी पार्टी जस्तै लागेनन् भन्ने गर्नुहुन्थ्यो । लामो समयको छलफलपछि उहाँ एमाले प्रवेश गर्न लाग्नुभएको हो ।’ करिष्मासँग यही विषयमा बुझ्न लाग्दा उनीसँग भने सम्पर्क हुन सकेन ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…