बस दुर्घटना : उपचारका क्रममा थप एक जनाको मृत्यु

संखुवासभा: मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएका १५ जना पुगेको छ । उपचारका लागि हेलिकोप्टरबाट धरान लगिएकी मादी नगरपालिका–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ । उनले दुर्घटनामा परी गम्भीर घाइते भएकी युका पोखरेलको उपचारका क्रममा धरानमा मृत्यु भएको बताए । उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
मृत्यु हुनेमा मादीकी सीता विक, अञ्जना कटुवाल, भवानीप्रसाद दाहाल, इन्द्र अधिकारी, दिक्षा कटुवाल, बलबहादुर कार्की, सबिता कार्की, दिपककुमार दाहाल रहेका छन् । त्यस्तै, ताप्लेजुङकी समीक्षा योञ्जन, उनका छोरा सुदिप घिसिङ, मादीका श्याम शेर्पा, आइतबहादुर तामाङ, तेह्रथुमका चालक विपिन निरौला र मादीका सहचालक उमेश भट्टराईको मृत्यु भएको डिएसपी सुवेदीले बताए ।

अन्य घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा बिहीबार बिहान साढे ७ बजे दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बसमा १९ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago