बहुप्रतिक्षित ‘प्यारो मुसिकोट’ गीत सार्वजनिक (भिडियो सहित)

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका युवाहरुको पहलमा ‘प्यारो मुसिकोट’ बोलको गीत निर्माण र सार्वजनिक गरिएको छ। रेभान्स शिवा म्युजिक युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो।

प्यारो मुसिकोट म्युजिक भिडियो झट्ट हेर्दा भौगोलिक अवस्थिति, त्यहाँको चालचलन, त्यहाँका ठेट बोलीचाली र स्थानीय नागरिकहरुको चित्रण गरिएको भिडियो होला भन्ने अनुमान लागेपनि यो म्युजिक भिडियोको अडियो निर्माण पुर्व गरिएको परिकल्पना, त्यसमा कोरिएका माया प्रेमका शब्दहरू अत्यन्तै लोकप्रिय श्रजक तथा गायक कुशल बेलबासेको फरक प्याटनको मनहर्ने लय तथा बडो मृदु गायकीको कारण यो गीत बहुआयामिक प्रियगाथा बन्न गएको छ। कुशल एरेन्जर रामचन्द्र चन्दको म्युजिक संयोजन कला, कुशल-टिकाको जादुमयी आवाजमा यो गीत अत्यन्तै मार्मिक बनेको छ।

यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल ओवि रायमाझी र शोना घिमिरेको अभिनय रहेको छ भने काजिश श्रेष्ठले निर्देशन गर्नुभएको छ।

मुसिकोट नगरपालिका-८, ठुलाखर्कमा जन्मेहुर्केर हाल वैदेशिक रोजगारीको सिलसिलामा रहनुभएका युवा खिमानन्द खरेलको परिकल्पना र लगानीमा गीत निर्माण गरिएको हो। आफ्नो गाउँ प्रतिको मायाले ओतप्रोत उहाँको प्राविधिक शिक्षामा समेत योगदान रहेको छ। उहाँ द्वारा निर्मित गीत ‘अभागी आमा’ यस अघि सार्वजनिक भइसकेको छ।

यस गीतमा सर्जक हेमनाथ खरालको समन्वयकारी भूमिका रहेको छ। गीत लेखनमा पनि उहाँको विशेष भुमिका रहेको छ।

salik khatry

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago