पहिलो दिन कति पर्यो बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन ?

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा पहिलो दिन ६ लाख १९ हजार रुपैयाँबराबरको आवेदन परेको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गरेको छ।

कुल निष्कासित कित्तामध्ये वातावरण मूल्यांकन प्रतिवेदनबमोजिम सिन्धुपाल्चोको आयोजना प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. २, ३ र ४ का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नं. ७ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ।

आज साँझ ५ बजेसम्म यो आईपीओमा ४२ आवेदकबाट ६ हजार १९० कित्ताका लागि आवेदन परेको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयर सम्पूर्ण बिक्री नभएबराबरको सेयरसमेत सायोजन गरी दोस्रो चरणमा सर्वसाधारण (सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि) मा आईपीओ जारी गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। आईपीओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा)बाट आवेदन दिन सकिनेछ।

यो आईपीओका निष्कासन बन्द छिटोमा फागुन १२ गते बन्द हुनेछ। उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन २७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

कम्पनीले आयोजना प्रभावितलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरकै आईपीओ जारी गर्नेछ।

यो आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते यो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago