देशभरमा एक हजार ३६९ जनामा कोभिड १९ पुष्टि, १२ जनाको निधन

बिहीबार देशभरमा एक हजार ३६९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार ८८० परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा गरिएको आठ हजार ८८० पीसीआर परीक्षण गर्दा एक हजार १३ जनामा र तीन हजार एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पाइएको छ ।

नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै नेपालमा ११ हजार ८६४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । यस्तै हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ११ लाख सात हजार ९८६ जनामा पुगेको छ ।

यसैगरी एक दिनमा कोरोना दुई हजार २३८ जनाले कोभिड १९ जितेका छन् । यसरी ९ लाख ३० हजार ६०७ जनाले आजसम्म संक्रमणमुक्त भएका छन् ।

आज काठमाडौंमा २३५ जना, ललितपुरमा ६४ जना र भक्तपुरमा ३० जना संक्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा यस दिन ३२९ जनामा संक्रमण देखिएको छ ।

हाल देशमा २९ हजार चार जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा १३३ जना रहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago