ई-सेवा र खल्तीअनलाइनबाटै ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने बाटो खुल्यो

काठमाडौं । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेसँगै त्यसको आधार तयार भएको हो ।

यसै आधारमा आइतबारदेखि बागमती प्रदेशमा नागरिक एप तथा वेबसाइटबाट ब्लुबुक नवीकरण गर्न सकिने सेवा सुरु हुँदैछ । तर लाइसेन्स नवीकरणका लागि आवश्यक सफ्टवेयर सिस्टम तयार नभइसकेकाले त्यसका लागि थप समय लाग्ने बताइएको छ ।

नागरिक एपले अनलाइनबाट बागमती प्रदेशबाट जारी सवारीचालक अनुमतिपत्र नवीकरण गर्न सकिने गरी सिस्टम डेभलपमेन्टको काम सुरु भइसकेको जनाएको छ । मन्त्रालयले बिहीबार अनलाइन प्रणालीबाट राजस्व संकलन गर्ने विषयमा पत्राचार गरेको छ ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले यसका लागि श्रम मन्त्रालयलाई सहमति दिएको थियो । यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रहरूबाट यातायात क्षेत्रको राजस्व संकलन गर्न ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरिएको छ ।

ती बैंकबाट राजस्व हिसाब मिलान गर्नेगरी ई-सेवा (फोन पे प्रालि) र खल्ती (स्प्यारो पे प्रालि) को मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा आवद्ध गरिएको हो ।

लाइसेन्स नवीकरण सुविधा आउन केही समय लाग्ने भए पनि नागरिक एपमै आफ्नो सवारीचालक अनुमतिपत्र लिङ्क गर्न सकिने सुविधा भने आगामी अपडेटमा उपलब्ध गराइने बताइएको छ ।

यससँगै लाइसेन्सलाई पनि हाल राहदानी, नागरिकता र मतदाता परिचयपत्रलाई नागरिक एपमा खाता खोल्ने आधारभूत कागजात सरहको मान्यता दिने विषयमा समेत गृहकार्य भइरहेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

  • नेपालमा कुन कानूनले छेक्यो क्रिप्टोकरेन्सी कारोबार ?

  • अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो मतदाता परिचयपत्र

  • क्रिप्टोकरेन्सी र हाइपर फन्डसँग सम्बन्धित वेबसाइट बन्द गर्दै सरकार

  • नेपालमा आखिर किन छ क्रिप्टोकरेन्सी प्रतिबन्ध ?

  • के तपाईंले देख्नु भएको छ बिटक्वाइनको खानी कस्तो हुन्छ ?

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago