ई-सेवा र खल्तीअनलाइनबाटै ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने बाटो खुल्यो

काठमाडौं । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेसँगै त्यसको आधार तयार भएको हो ।

यसै आधारमा आइतबारदेखि बागमती प्रदेशमा नागरिक एप तथा वेबसाइटबाट ब्लुबुक नवीकरण गर्न सकिने सेवा सुरु हुँदैछ । तर लाइसेन्स नवीकरणका लागि आवश्यक सफ्टवेयर सिस्टम तयार नभइसकेकाले त्यसका लागि थप समय लाग्ने बताइएको छ ।

नागरिक एपले अनलाइनबाट बागमती प्रदेशबाट जारी सवारीचालक अनुमतिपत्र नवीकरण गर्न सकिने गरी सिस्टम डेभलपमेन्टको काम सुरु भइसकेको जनाएको छ । मन्त्रालयले बिहीबार अनलाइन प्रणालीबाट राजस्व संकलन गर्ने विषयमा पत्राचार गरेको छ ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले यसका लागि श्रम मन्त्रालयलाई सहमति दिएको थियो । यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रहरूबाट यातायात क्षेत्रको राजस्व संकलन गर्न ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरिएको छ ।

ती बैंकबाट राजस्व हिसाब मिलान गर्नेगरी ई-सेवा (फोन पे प्रालि) र खल्ती (स्प्यारो पे प्रालि) को मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा आवद्ध गरिएको हो ।

लाइसेन्स नवीकरण सुविधा आउन केही समय लाग्ने भए पनि नागरिक एपमै आफ्नो सवारीचालक अनुमतिपत्र लिङ्क गर्न सकिने सुविधा भने आगामी अपडेटमा उपलब्ध गराइने बताइएको छ ।

यससँगै लाइसेन्सलाई पनि हाल राहदानी, नागरिकता र मतदाता परिचयपत्रलाई नागरिक एपमा खाता खोल्ने आधारभूत कागजात सरहको मान्यता दिने विषयमा समेत गृहकार्य भइरहेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

  • नेपालमा कुन कानूनले छेक्यो क्रिप्टोकरेन्सी कारोबार ?

  • अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो मतदाता परिचयपत्र

  • क्रिप्टोकरेन्सी र हाइपर फन्डसँग सम्बन्धित वेबसाइट बन्द गर्दै सरकार

  • नेपालमा आखिर किन छ क्रिप्टोकरेन्सी प्रतिबन्ध ?

  • के तपाईंले देख्नु भएको छ बिटक्वाइनको खानी कस्तो हुन्छ ?

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago