शेयर बजारमा गिरावट, नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २,८०१ दशमलव ५४ को विन्दुमा

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २,८०१ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज ३९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ,अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज २२७ वटा कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनकिो २५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको २२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३१ रुपैयाँ कायम भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको १९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल इक्यिटी फण्डका इकाईधनीले कमाएका छन् । कम्पनीका इकाईधनीले २ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका शेयरधनीले २ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । कुमारी इक्यिटी फण्डका इकाईधनीले २ दशमलव ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका इकाईधनीले गुमाएका छन् । कम्पनीका शेयरधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago