मुस्ताङवासी आफ्नै गाउँठाउँको नुनु खानीबारे थप अनुसन्धान र उत्खनन नहुँदा खिन्न!

काठमाडौँ: महँगो मूल्यमा भारतीय नुन खाँदै आएका मुस्ताङवासी आफ्नै गाउँठाउँको नुनु खानीबारे थप अनुसन्धान र उत्खनन नहुँदा खिन्न मान्छन् । बारागुङ मुक्तिक्षेत्र–३ तेताङस्थित कालीगण्डकी नदीदेखि करिब एक किलोमिटरभित्र रहेको नरसिङखोला छेउ नुनखानी छ । पोका नुन नआउने बेलासम्म मुस्ताङीहरू कि त तिब्बतको नुन कि यही खानीको नुन प्रयोग गर्दै आएको विगत सम्झन्छन् ।

स्थानीय वर्षामा पोखरीमा पानी जम्मा गर्ने र हिउँदमा पानी जमेपछि त्यही नुनिलो ढिक्का प्रयोग गर्थे । स्थानीय न्हाँ गुरुङका अनुसार २०६२ सालसम्म यहाँको पोखरीबाट वार्षिक ६० मुरी नुन निस्कन्थ्यो । साविकको छुक्साङ गाविसका तेताङ, छुक्साङ, चैले, ताम्बेलगायत गाउँका बासिन्दाले यहींको नुन सस्तो मूल्यमा पाउँथे ।
मुस्ताङको नुन खानीबाट चन्द्रशमशेरको पालामा समेत नुन झिकिएको इतिहास छ । सय वर्षअघि त्यहाँका खानीबाट नुन निकालिएको प्रसंग पर्सिभल ल्यान्डनले लेखेको पुस्तक नेपालमा पनि धेरथोर चर्चा गरिएको देखिन्छ ।

खानी तथा भूगर्भ विभागले यो नुनखानी उत्खननको प्रक्रिया थाल्न गत साउनमा बोलपत्र आह्वान नै गरेको थियो । तर त्यसपछि उत्खननको काम भने अघि बढेको छैन । भीर पहराबाट निक्लने नुनिलो पानीको मूल थोरङ्ला पासबाट झर्ने नरसिङ खोलामा मिसिने गर्छ । स्थानीयवासी भने महँगो नुन किनेर खान बाध्य छन् ।

खानी विभागको अध्ययनअनुसार नरसिङखोलाको पहाडमा गरिएको रासायनिक परीक्षणमा ७०.२८–९३.७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको भेटिएको थियो । अध्ययनले नरसिङखोला क्षेत्रको २ किलोमिटर क्षेत्रफलमा नुनको भण्डार रहेको देखिएको मुस्ताङबाट प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । ‘मुस्ताङको नुन उत्खनन गरी हिमालय साल्टको ब्रान्डिङ गरी बिक्री गर्न सकिन्छ,’ उनले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago