विभिन्न वस्तुको भन्सार महसुलमा छुट

काठमाडौँ । सरकारले विभिन्न वस्तुको भन्सार महसुलमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको हो ।

अव कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट हुनेछ । सूर्यमुखीको तेल उत्पादन गर्न आयात गर्ने सूर्यमुखीको गेडा आयात गर्दा महसुलमा यसअघि दिइएको ५० प्रतिशत छुटको सट्टा अब ९० प्रतिशत बराबरको छुट पाउने छन् । यस्तै भटमासको गेडाबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगले त्यस्ता सामग्री आयात गर्दा भन्सार महसुलको ५० प्रतिशत छुटको सट्टा ९० प्रतिशत छुट पाउने नयाँ व्यवस्था गरिएको राजपत्रमा उल्लेख छ । अप्टिकल फाइबर केवल उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रुपमा पैठारी गर्ने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १५ प्रतिशत लाग्नेछ । सो खण्डबमोजिम सिफारिस गर्दा उद्योगको उत्पादन क्षमता र वार्षिक खपत परिणामका आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ । साङ्ख्यिक रूपले नियन्त्रित बङ्ग्याउने, मोड्ने, सोझो पार्ने वा च्याप्टो पार्ने अन्य यन्त्रको पैठारी महसुल दर महलमा पाँच उल्लेख गर्नुपर्नेछ । वायर तथा फलामे डण्डीको महसुल पनि पाँच प्रतिशत मात्रै राख्ने व्यवस्था गरिएको छ । स्यानिटरी प्याडको कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तशुल्क अब भने नलाग्ने भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago