काठमाडाैँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दाेष भएकाे दाबी गरेका छन्।
उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएपछि उनले सामाजिक सञ्जालमार्फत आफू निर्दाेष भएकाे जिकिर गरेका हुन्।
उनले भनेका छन्,’म निर्दाेष छु र नेपालकाे सम्मानित कानुनमा विश्वास छ। सिपिएलबाट विदा लिने निर्णय गरेकाे छु र केहीदिन भित्रै स्वदेश फर्किनेछु। तथ्यहीन सबै आराेपकाे सामना गर्न म तयार छु।’
सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्,’ न्याय हुनेछ र याे घटनामा संलग्न सबै पक्षबारे उचित अनुसन्धान हुनेछ। आशा छ कानुनले सबैलाई समान व्यवहार गर्नेछ।’ यही भदौ ५ गते एक किशोरीसँग होटलमा सँगै रात बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए। सन्दीपविरुद्ध बिहीबार पक्राउ पुर्जीसमेत जारी भएकाे छ।
त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई कप्तानीसहित राष्टिय टाेलीबाट निलम्बन गरेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…