लामिछाने भन्छन्- म निर्दाेष छु, केही दिनमै स्वदेश फर्कन्छु

२०७९, २४ भाद्र शुक्रबार १२:२४

काठमाडाैँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दाेष भएकाे दाबी गरेका छन्।

उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएपछि उनले सामाजिक सञ्जालमार्फत आफू निर्दाेष भएकाे जिकिर गरेका हुन्।

उनले भनेका छन्,’म निर्दाेष छु र नेपालकाे सम्मानित कानुनमा विश्वास छ। सिपिएलबाट विदा लिने निर्णय गरेकाे छु र केहीदिन भित्रै स्वदेश फर्किनेछु। तथ्यहीन सबै आराेपकाे सामना गर्न म तयार छु।’

सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्,’ न्याय हुनेछ र याे घटनामा संलग्न सबै पक्षबारे उचित अनुसन्धान हुनेछ। आशा छ कानुनले सबैलाई समान व्यवहार गर्नेछ।’ यही भदौ ५ गते एक किशोरीसँग होटलमा सँगै रात बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए। सन्दीपविरुद्ध बिहीबार पक्राउ पुर्जीसमेत जारी भएकाे छ।

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई कप्तानीसहित राष्टिय टाेलीबाट निलम्बन गरेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु