बालउद्धार माविलाई साढे दुई लाखको चेक हस्तान्तरण

काठमाडौं: शिक्षा युवा तथा खेलकुद महाशाखा बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित सिकाइ परीक्षण (Learning Audit) मा बालउद्धार मावि कपनका प्रधानाध्यापक विनोद पण्डित बुढानीलकण्ठ नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयमध्ये सर्वाधिक ९५ अंक प्राप्त गरी कार्यसम्पादनमा नगरपालिकाभरिमै सर्वोत्कृष्ट प्रधानाध्यापक बनेका छन् । विद्यालयको सिकाइ परीक्षण ( Learning Audit) तथा प्रधानाध्यापकसँगको कार्यसम्पादन करार मूल्याङ्कन कार्यक्रममार्फत् बुढानीलकण्ठ नगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले कार्यक्रम आयोजना गरेको थियो ।

त्यसैगरी आधारभूत विद्यालयतर्फ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको बालकुमारी आधारभूत विद्यालयले प्रथम स्थान हासिल गरेको छ । नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयमध्ये ४ वटा विद्यालय सिकाइ परीक्षणमा अनुत्तीर्ण भएको शिक्षा युवा तथा खेलकुद महाशाखा बुढानीलकण्ठले जनाएको छ ।

असार २३ गते बिहीबार बालउद्धार माविमा भएको परीक्षण कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख तथा अन्य अधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा काठमाडौ‌ं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि उत्कृष्ट खेल प्रदर्शन गरी बुढानीलकण्ठ नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा काठमाडौं जिल्लाको पनि प्रतिनिधित्व गर्न सफल भएको भन्दै बालउद्धार माविलाई साढे दुई लाखको चेकसमेत हस्तान्तरण गरिएको थियो ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago