काठमाडौँ: आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र नामिवियाविरुद्ध खेल्ने स्कटल्यान्डको क्रिकेट टिममा दुई परिवर्तन भएको छ । लिग-२ अन्तर्गत स्कटल्यान्डमा आइतबारदेखि त्रिकोणात्मक एकदिवसीस क्रिकेट सिरिजको आयोजना गर्दैछ । जसमा आयोजक स्कटल्यान्ड, नेपाल र नामिवियाको सहभागिता रहनेछ ।
स्कटल्यान्डले आफ्नो पहिलो खेल आइतबार नामिवियाविरुद्ध खेल्दैछ । तर त्यसअघि स्कटल्यान्डका दुई खेलाडी टिमबाट बाहिरिएका छन् । क्रिकेट स्कटल्यान्डले जनाए अनुसार अलराउन्डर डायलन बज घाइते भएपछि उनको स्थानमा क्रिस ग्रिभ्सलाई टिममा समेटिएको छ ।
त्यसैगरी, कोभिडका कारण बलर क्रिस सोल टिमबाट बाहिरिएपछि उनको स्थानमा अली इभान्सलाई स्थान दिइएको छ ।
सिरिज अन्तर्गत स्कटल्यान्डले दोस्रो खेल नेपालविरुद्ध जुलाई १३, तेस्रो खेल नामिवियाविरुद्ध जुलाई १४ तथा अन्तिम खेल नेपालविरुद्ध जुलाई १७ मा खेल्नेछ ।
नेपालले भने पहिलो खेल नामिवियाविरुद्ध जुलाई ११ तथा तेस्रो खेल नामिवियाविरुद्ध जुलाई १६ मा खेल्ने तालिका रहेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…