बालउद्धार माविलाई साढे दुई लाखको चेक हस्तान्तरण

काठमाडौं: शिक्षा युवा तथा खेलकुद महाशाखा बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित सिकाइ परीक्षण (Learning Audit) मा बालउद्धार मावि कपनका प्रधानाध्यापक विनोद पण्डित बुढानीलकण्ठ नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयमध्ये सर्वाधिक ९५ अंक प्राप्त गरी कार्यसम्पादनमा नगरपालिकाभरिमै सर्वोत्कृष्ट प्रधानाध्यापक बनेका छन् । विद्यालयको सिकाइ परीक्षण ( Learning Audit) तथा प्रधानाध्यापकसँगको कार्यसम्पादन करार मूल्याङ्कन कार्यक्रममार्फत् बुढानीलकण्ठ नगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले कार्यक्रम आयोजना गरेको थियो ।

त्यसैगरी आधारभूत विद्यालयतर्फ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको बालकुमारी आधारभूत विद्यालयले प्रथम स्थान हासिल गरेको छ । नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयमध्ये ४ वटा विद्यालय सिकाइ परीक्षणमा अनुत्तीर्ण भएको शिक्षा युवा तथा खेलकुद महाशाखा बुढानीलकण्ठले जनाएको छ ।

असार २३ गते बिहीबार बालउद्धार माविमा भएको परीक्षण कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख तथा अन्य अधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा काठमाडौ‌ं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि उत्कृष्ट खेल प्रदर्शन गरी बुढानीलकण्ठ नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा काठमाडौं जिल्लाको पनि प्रतिनिधित्व गर्न सफल भएको भन्दै बालउद्धार माविलाई साढे दुई लाखको चेकसमेत हस्तान्तरण गरिएको थियो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago