बर्तुङ्गमा सुपथ पसल खुल्यो, बजारको अस्वस्थ प्रतिस्पर्धा न्यूनिकरण हुने

बसन्ती ढकाल, पाल्पा, २६ बैशाख ।
असमान मुल्यका कारण महंगीको मारमा परेका तानसेनबासीलाई अब केही राहत मिल्ने भएको छ । तानसेनको बर्तुङमा ‘बर्तुङ्ग सुपथ पसल’ खुलेको छ । बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेले पसल सञ्चालन गरेको हो । आइतबार एक कार्यक्रमकाबीच तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले पसलको उद्घाटन गर्नुभएको हो ।

तानसेन नगरपालिकाको आर्थिक सहयोगमा सहकारीले सन्चालन गरेको हो । सुपथ पसल खुलेपछि यहाँका उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन नगर प्रमुख शाहिले आग्रह गर्नुभयो। बजारको मूल्यमा एकरुपतामा ल्याउन सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । व्यापारीक दृष्टिकोणले भन्दापनि सेवामुखी भावनाले आम उपभोक्ताको विश्वास जितेर पसल सञ्चाल गर्न उहाँले सुझाव दिनुभयो ।

सुपथ पसलबाट सहुलियत दरमा गुणस्तरीय सामग्री उपलब्ध गराउने, कृषकले उत्पादन गरेका खाद्यान्न सहकारीले खरिद गरेर बिक्रीवितरण गर्ने र यसलाई सुपरमार्केटको रुपमा बिस्तार गर्ने सहकारीका अध्यक्ष बिधान प्रसाद श्रेष्ठले बताउनुभयो । सुरुवाती चरणमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ति, साबुन लगायतका सामग्री उपलब्ध हुनेछ ।

तानसेन नगरपालिकाको ९ लाखसहित करिब ३० लाखको लगानीमा पसल सञ्चालन गरिएको हो । उपभोक्ताले देख्न सक्ने गरी मूल्यसूचीको बोर्ड राखिएको छ । उपभोक्ताको मागअनुसारका सामग्री घरमै पुर्‍याउने व्यस्था समेत रहेको उहाँले बताउनुभयो ।

बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनिकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाले ९ लाख सहयोग गर्ने छ । ४ लाख अनुदान र ५ लाख बिउपूँजीको रुपमा नगद सहयोग गर्ने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि सहयोगलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
<span;>तानसेन नगरपालिका वडानम्बर ७ का अध्यक्ष मुक्तिराम जिसि, स्थानीय सहकारी संजालका अध्यक्ष महेश्वर पन्त, बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाका सल्लाहकार भबिन्द्र गौतमले सहकारीले स्वच्छ, ताजा र गुणस्तरीय सामग्री उपलब्ध गराउन सके सुपथ पसलमा उपभोक्ताको घुइँचोे लाग्ने र सुपथ पसललाई सफल पार्नको लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष बिधान प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिमला ढुंगानाले स्वागत र सचिव जागेश्वोर न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

नगरसभाबाट कार्यविधि तथा ऐन नियम तयार गरी सहकारी संस्थामार्फत सुपथ मूल्यको पसल सञ्चालन गरिएको हो । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।

यसअघि तानसेनको मेहल्धारामा आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको ‘आगन सुपथ पसल’ सन्चालन भैसकेको छ भने तानसेनको बसपार्कमा नगरपालिका स्तरीय सहकारी संजालले सुपथ पसल संचालनको तयारी गरेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago