काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई किलोको ढक भनेकोमा आपत्ति जनाएका छन् । ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्विन्टल र अन्य पार्टीलाई किलोको ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दसौँ टनको बनिरहेको दाबी समेत गरेका हुन् ।
शनिबार पाटीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दसौँ टनको बन्दै गएको कुरा हेर्न जिल्ला जिल्लामा जान पनि ओलीलाई चुनौती दिए । नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे ।
उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘हाम्रा सामु अब निर्वाचनको घोषणा भएको छ । हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौँ । केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाहिँ क्विन्टल हामीहरूलाई चाहिँ ढक । म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईंको पार्टी ढक हो कि तपाईको पार्टी क्विन्टल हो कि अथवा एकीकृत समाजवादी चाहिँ टन हो, यहाँ आएर हेर्नुहोस् । प्रत्येक जिल्लामा गएर हेर्नुहोस् । अव नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, दसौँ टनको पार्टी बन्दैछ । अव हामीले निर्वाचनको व्यापक तयारी गर्नुपर्ने आवश्यक्ता छ । अव हामीले उम्मेदवार चयन गर्नुपर्नेछ । अर्को पाँच दलीय गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नु छ । चुनावी तालमेल गर्दै अगाडि पनि बढ्नुपर्नेछ । समाजवादको आधार तयार पार्नका लागि पनि स्थानीय तह निर्वाचनमा धेरै प्रतिनिधिहरू आफ्नो पार्टीको बनाउनुपर्ने हुन्छ । त्यसका लागि लागौँ ।’ नेता खनालले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…