काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले नामको पार्टी केपी ओलीको ‘प्राइभेट कम्पनी’ भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मदन भण्डारीको र जनताको बहुदलीय जनवादको नाम लिएर ओलीले पार्टीलाई अलोकतान्त्रिक तरिकाले चलाइरहेको बताए ।
‘मदन भण्डारी र जनताको बहुदलीय जनवादको कुरा गरेर अलोकतान्त्रिक तरिकाले जबजको मूल मान्यतालाई समाप्त पार्दै एमाले नामको पार्टी केपी ओलीको प्राइभेट कम्पनी चलिरहेको छ’, नेता नेपालको भनाइ छ । उनले एमालेले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको पनि बताए ।
‘त्यसले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको छ । जबजको मान्यतामा कुठराघात गरेको छ’, अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिममा सबैभन्दा ठुलो, मधेसमा केपी ओलीको पार्टीलाई धकेलेको तथा कर्णाली, गण्डकी र वागमतीमा पनि संगठन सुदृढ बन्दै गएको बताए ।
आफ्नो पार्टीले जनताको सेवा गर्ने विचारलाई मार्क्सवाद, लेनिनवाद र समाजवादको मुल मर्मलाई आत्मसात गरेको भन्दै लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित नहुने अध्यक्ष नेपालको दावी छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…