हाम्रो पार्टी दसौँ टनको ढक -झलनाथ

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई किलोको ढक भनेकोमा आपत्ति जनाएका छन् । ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्विन्टल र अन्य पार्टीलाई किलोको ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दसौँ टनको बनिरहेको दाबी समेत गरेका हुन् ।

शनिबार पाटीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दसौँ टनको बन्दै गएको कुरा हेर्न जिल्ला जिल्लामा जान पनि ओलीलाई चुनौती दिए । नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे ।

उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘हाम्रा सामु अब निर्वाचनको घोषणा भएको छ । हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौँ । केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाहिँ क्विन्टल हामीहरूलाई चाहिँ ढक । म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईंको पार्टी ढक हो कि तपाईको पार्टी क्विन्टल हो कि अथवा एकीकृत समाजवादी चाहिँ टन हो, यहाँ आएर हेर्नुहोस् । प्रत्येक जिल्लामा गएर हेर्नुहोस् । अव नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, दसौँ टनको पार्टी बन्दैछ । अव हामीले निर्वाचनको व्यापक तयारी गर्नुपर्ने आवश्यक्ता छ । अव हामीले उम्मेदवार चयन गर्नुपर्नेछ । अर्को पाँच दलीय गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नु छ । चुनावी तालमेल गर्दै अगाडि पनि बढ्नुपर्नेछ । समाजवादको आधार तयार पार्नका लागि पनि स्थानीय तह निर्वाचनमा धेरै प्रतिनिधिहरू आफ्नो पार्टीको बनाउनुपर्ने हुन्छ । त्यसका लागि लागौँ ।’ नेता खनालले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरे ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago