लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित नहुने

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले नामको पार्टी केपी ओलीको ‘प्राइभेट कम्पनी’ भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मदन भण्डारीको र जनताको बहुदलीय जनवादको नाम लिएर ओलीले पार्टीलाई अलोकतान्त्रिक तरिकाले चलाइरहेको बताए ।

‘मदन भण्डारी र जनताको बहुदलीय जनवादको कुरा गरेर अलोकतान्त्रिक तरिकाले जबजको मूल मान्यतालाई समाप्त पार्दै एमाले नामको पार्टी केपी ओलीको प्राइभेट कम्पनी चलिरहेको छ’, नेता नेपालको भनाइ छ । उनले एमालेले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको पनि बताए ।

‘त्यसले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको छ । जबजको मान्यतामा कुठराघात गरेको छ’, अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिममा सबैभन्दा ठुलो, मधेसमा केपी ओलीको पार्टीलाई धकेलेको तथा कर्णाली, गण्डकी र वागमतीमा पनि संगठन सुदृढ बन्दै गएको बताए ।

आफ्नो पार्टीले जनताको सेवा गर्ने विचारलाई मार्क्सवाद, लेनिनवाद र समाजवादको मुल मर्मलाई आत्मसात गरेको भन्दै लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित नहुने अध्यक्ष नेपालको दावी छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago